युक्रेन युद्धको विषयमा अमेरिका र रुसले दोस्रो चरणको वार्ता सोमबार गर्ने


प्रकाशित मिति : चैत्र ७, २०८१ बिहीबार

अमेरिका र रुसले सोमबार साउदी अरबमा वार्ता गर्ने भएका छन । उनीहरुकाबीचमा यसअघि पनि साउदी अरबमा वार्ता भएको थियो । पछिल्लो वार्ता भने मस्कोमा भएको थियो ।

रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले युक्रेनको विषयलाई लिएर रसिया–अमेरिकाको अर्को चरणको वार्ता साउदी अरबको रियादमा हुन लागेको बताएका हुन ।

रुसी प्रतिनिधिमण्डलको नेतृत्व माथिल्लो सदनमा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी समितिका अध्यक्ष ग्रिगोरी कारासिन र रुसको संघीय सुरक्षा सेवाका प्रमुखका सल्लाहकार सर्गेई बेसेडाले गर्ने छन ।

उशाकोभले बुधबार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जसँग फोनमा कुराकानी भएको जानकारी दिए । कुराकानीको क्रममा उनीहरुकाबीचमा विज्ञ समूहहरूको बैठक आयोजना गर्ने विषयमा छलफल पनि भएको छ ।

ययसको मुख्य उद्देश्य ब्ल्याक सी इनिसिएटिभको सम्भावित कार्यान्वयनका सम्भावनाहरू खोज्नु रहेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ब्ल्याक सी नेभिगेसनको सुरक्षा सम्बन्धी सम्झौताको विषयमा थप काम गर्न वार्ता सुरु गर्न सहमत भएका छन ।

रुस र युक्रेनकाबीचमा युद्ध जारी नै छ । पछिल्लो चरणमा युक्रेन ३० दिनका लागि युद्धविराम गर्न तयार भएको छ ।

तर रुसले भने मानिसकेको छैन । रुसलाई मनाउन उसले अघि सारेका शर्तहरुका विषयमा पनि छलफल केन्द्रीत रहेको बताइएको छ ।

युक्रेनले रुस शान्तिवार्ता र स्थायी शान्तिका लागि प्रतिबद्ध नरहेको आरोप लगाउदै आएको छ ।

तर रुसले भने युद्धवविरामको कार्यन्वयन र अनुगमनका लागि अमेरिकाले युक्रेनलाई दिदै आएको सैन्य सहयोग र गोप्य सुचना उपलव्ध गराउन बन्द गर्नुपर्ने शर्त अघि सारेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com