अनावश्यक शर्तहरु नराख्न पुटिनलाई जेलेन्स्कीको आग्रह


प्रकाशित मिति : चैत्र ७, २०८१ बिहीबार

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अनावश्यक शर्तहरु नराख्न रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेका छन । उनले अनावश्यक र कहिल्लै पुरा नहुने शर्तहरुले युद्धलाई लम्व्याउने काम मात्रै गर्ने बताए ।

रुसले युक्रेनलाई अमेरिकाले दिदै आएको सैन्य सहायता रोक्नु पर्ने शर्त कडा रुपमा उठाइरहेको छ । जेलेन्स्कीले युक्रेनलाई नेटोको सदस्यतावाट हटाउने कुरा पुटिनले उठाइरहेको भन्दै यो युक्रेनका लागि अविचलनीय रहेको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको फोन वार्तामा युक्रेनी नेता जलेन्स्कीले आफ्नो आणविक उर्जा संयन्त्रहरू अमेरिकालाई सुम्पिएको भन्ने ह्वाइट हाउसको दावीलाई भने अस्वीकार गरेका छन ।

नयाँ वार्ताहरू अमेरिकी प्रयासको रूपमा भइरहेका छन । जसले दुई देश बीच युद्धविराम गर्नको लागि मध्यस्थता गर्ने कोसिस गरेको छ । रुस र युक्रेनकाबीचमा ३ बर्षदेखि लडाइ जारी रहेको छ ।

जेलेन्स्की र पुटिनले अमेरिकासँगको कुराकानीमा युद्धविरामको लागि सैद्धान्तिक रूपमा सहमति जनाए पनि बिविन्न शर्तहरूको कारण युद्धविराम अझै लागू हुन सकिरहेको छैन ।

रूस पछिल्लो समय उर्जा पूर्वाधारमा हवाई आक्रमणहरू रोक्न सहमत भएको छ । तर यस प्रकारका आक्रमणहरू भने दुबै तर्फबाट निरन्तर जारी छन् ।

जेलेन्स्कीले रुस र अमेरिकीबीचमा अव वार्तामा युक्रेनी प्रतिनिधिमण्डलले अमेरिकालाई पूर्वाधारहरुको सूची प्रदान गर्ने बताए । ति सूचीमा उल्लेख हुने पूर्वाधारहरु रूसी आक्रमणबाट जोगाउनु आवश्यक रहेको जेलेन्स्कीले बताएका छन ।

जेलेन्स्कीले पहिलो चरणमा युद्धविराम जमिन र समुद्रमा हुनु आवश्यक छ । किनकि युक्रेन यसलाई मात्र रूसको आक्रमण रोक्ने एक मात्र उपाय मानिरहेको छ ।

ट्रम्पले मंगलबार भएको फोन वार्तामा पुटिनसँग उर्जा पूर्वाधारमा युद्धविरामको सहमति निकालेको बताइएको छ । तर अन्य क्षेत्रमा हुने युद्धविरामको विषयमा भने कुराकानी भएको देखिदैन ।

रूसका उप विदेशमन्त्री अलेक्जान्डर ग्रुश्कोले नेटोबाट युक्रेनी सदस्यता लाई बाहिर राख्न र कुनै शान्ति सम्झौतामा युक्रेनलाई तटस्थ राख्ने ग्यारेन्टीहरू रुसले खोजिरहेको बताए । युक्रेन युद्धलाई लिएर सोमबार साउदी अरबमा दोस्रो चरणको वार्ता हुँदैछ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com