क्रेमलिनले भन्यो – ऊर्जा लक्ष्यमा प्रहार नगर्ने पुटिनको आदेश कायमै


प्रकाशित मिति : चैत्र ८, २०८१ शुक्रबार

रूसी प्रशासनिक केन्द्र क्रेमलिनले युक्रेनका राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनको ऊर्जा लक्ष्यमा आक्रमण नगर्न दिएको आदेश अझै कायमै रहेको बताएको छ ।

युरोपलाई इन्धन आपुर्तिका लागि बनेको युक्रेनसँगको सीमा नजिकै रहेको रुसको एउटा ऊर्जा केन्द्रमा आक्रामण भएपछि यसका लागि मस्को र किएभ दुवैले एकअर्कालाई दोषारोपण गरेका थिए ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँग भने, “जेलेन्स्कीको वचन र किएभ शासनका अन्य प्रतिनिधिहरूको वचनलाई हामी कत्तिको विश्वास गर्न सक्छौं भन्ने कुरा सबैले देख्न सक्छन्।”

’सर्वोच्च कमान्डर इन चिफ (पुटिन) को आदेश जारी छ र रुसी सशस्त्र बलले ऊर्जा सुविधाहरूमा आक्रमण गर्ने अनुमति छैन,” पुटिनलाई सङ्केत गर्दै उनले भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन वार्तापछि पुटिनले मङ्गलबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी हुने आक्रमणमा ३० दिनका लागि रोक लगाएका थिए ।

मस्कोले अहिले पनि ऊर्जा सुविधाहरूमा आक्रमण जारी राखेको र पुटिनका शब्दहरूको बावजुद केही पनि परिवर्तन नभएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

दुवै देशका प्रतिनिधिमण्डलले सोमबार साउदी अरबमा अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । ट्रम्पले तीन वर्षदेखि जारी युद्धलाई स्थायीरूपमा अन्त्य गर्न सकिने बताउँदै आएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com