अबैध बाटो हुँदै अमेरिका पुग्न खोज्ने १२०० आप्रवासीले ज्यान गुमाए


प्रकाशित मिति : चैत्र ८, २०८१ शुक्रबार

सन् २०२४ आप्रबासीका लागि घातक बर्ष भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । गत वर्ष आप्रवासीका लागि सबैभन्दा घातक वर्ष भएको राष्ट्रसंघले उल्लेख गरेको हो ।

विश्वभर करिब ९ हजार मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको हो । यो सहन नसकिने पीडा भएको राष्ट्रसङ्घले बताएको छ ।

सन् २०२४ मा विश्वभर आप्रवासनका क्रममा कम्तीमा ८ हजार ९३८ जनाको मृत्यु भएको छ, संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले भनेको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आईओएम० का उपनिर्देशक उगोची डेनियल्सले विश्वव्यापी आप्रवासीको मृत्युको बढ्दो सङ्ख्याको त्रासदी सहन नसकिने तर रोकथाम गर्न सकिने खालको रहेको बताए ।

आईओएमले आप्रवासीको मृत्यु र बेपत्ता हुनेको वास्तविक सख्या धेरै बढी पनि हुन सक्छ भनेको छ ।

आधिकारिक स्रोतको अभावका कारण धेरै जना कागजातविहीन भएका छन् । उनीहरु मध््ये अधिकांश पीडितको पहिचान र अन्य विवरण थाहा हुन नसकेको बताइएको छ ।

सन् २०२४ मा एसिया, अफ्रिका र युरोपमा क्रमशः २ हजार ७७८, २ हजार २४२ र २३३ जनाको मृत्यु भएको थियो ।

युरोप पुग्न चाहनेहरूका लागि मुख्य प्रवेशद्वार भूमध्य सागरमा २ हजार ४५२ जनाको मृत्यु भएको जनाइएको छ ।

अमेरिकाको अन्तिम तथ्याङ्क उपलब्ध नभए पनि अहिलेसम्मको अनौपचारिक तथ्याङ्कअनुसार कम्तीमा १ हजार २३३ जनाको मृत्यु भएको छ ।

यसमा सन् २०२४ मा क्यारेबियन क्षेत्रमा अत्यधिक ३४१ जनाको ज्यान गएको थियो ।

कोलम्बिया र पनामाको बीचमा डेरिएन जङ्गल पार गर्ने १७४ जना आप्रवासीहरूको मृत्यु रेकर्ड भएको थियो ।

डारिएन जङ्गल कुनै समय अमेरिका पुग्न चाहने मानिसहरूको लागि मुख्य प्रवासी करिडोर थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com