हैवीवेट बक्सर जर्ज फोर्मनको निधन


प्रकाशित मिति : चैत्र ८, २०८१ शुक्रबार

बक्सिङका लिजेन्ड जर्ज फोर्मनको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको परिवारले जानकारी दिएको हो ।

रिङमा बिग जर्जको नामले चिनिने फोर्मनले १९६० को दशकदेखि बक्सिङमा प्रतिस्पर्धा गर्न थालेका थिए ।

उनले ओलम्पिकमा स्वर्ण पदक जितेका थिए । उनले २ पटक विश्व हैवीवेट च्याम्पियनको उपाधि समेत जितेका थिए ।

उनले १९७४ मा मोहम्मद अलीसँगको प्रसिद्ध राम्बल इन द जंगल लडाइँमा आफ्नो पहिलो च्याम्पियनशिप उपाधि गुमाएका थिए ।

तर, फोर्मनको व्यावसायिक बक्सिङ करियरमा ७६ जित र ६८ नक आउटजस्ता अचम्मका उपलब्धिहरू छन ।

फोर्मनले पाँचवटा मात्र हार भोगे। उनले १९७३ मा पहिलो विश्व हैवीवेट च्याम्पियनशिप जितेका थिए ।

४५ वर्षको उमेरमा १९९४ मा पुनः यो उपाधि जिते। उनले १९९७ मा बक्सिङबाट अवकाश लिएका थिए ।

फोर्मन १० जनवरी १९४९ मा टेगासको मार्शलमा जन्मेका थिए ।

फोर्मनले १९६८ मा मेक्सिको सिटीमा भएको ओलम्पिकमा १९ वर्षको उमेरमा हैवीवेट स्वर्ण पदक जितेका थिए ।

त्यसपछि मात्र उनले प्रोफेशनल बक्सिङमा करियर सुरु गरे । उनले ३७ पटक लगातार जित हासिल गरे । १९७७ मा दोस्रो हारपछि फोर्मनले बक्सिङबाट अवकाश लिएका थिए ।

त्यसपछि उनी टेक्सासको चर्च अफ द लर्ड जीसस क्राइस्टका पुरोहित बनेका थिए । जसलाई उनले स्थापना र निर्माण गरेका थिए ।

फोर्मनले पाँचपटक विवाह गरेका छन् । उनका १२ जना सन्तान छन् । उनका पाँच छोराको नाम त जर्ज नै राखिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com