अमेरिकामा अण्डाको मूल्य बढेपछि टर्की र दक्षिण कोरियाबाट आयात गर्ने योजना
प्रकाशित मिति : चैत्र ८, २०८१ शुक्रबार

अमेरिकी ट्रम्प प्रशासनले टर्की र दक्षिण कोरियाबाट अण्डा आयात गर्ने तयारी गरेको छ ।
अमेरिकी उपभोक्ताका लागि बढेको अण्डाको मूल्य घटाउन अन्य देशहरूसँग वार्ता भइरहेको अधिकारीहरुले बताएका छन ।
छोटो अवधिका लागि मिलियन अण्डा आयातको बारेमा कुरा गरिरहेको कृषि मन्त्री ब्रूक रोलिन्सले ह्वाइट हाउसमा पत्रकारहरूलाई जानकारी दिए ।
प्रशासनले १ अर्ब डलर को योजना घोषणा पछि यो योजना बाहिर आएको हो । यसले बर्ड फ्लू महामारीसँग पनि लड्न मद्दत पुर्याउने बताइएको छ ।
यो रोगले अमेरिकी किसानहरूलाई दशौं मिलियन कुखुराहरू मार्न बाध्य पारिरहेको छ ।
अमेरिकामा अण्डाको मूल्य पछिल्लो वर्ष ६५ प्रतिशत भन्दा बढीले बढेको छ । २०२५ मा ४१ प्रतिशत थप बढ्ने अनुमान गरिएको छ।
अमेरिकामा कुखुराको उत्पादन बढेपछि पूर्ण रुपमा अण्डा उत्पादन उद्योग फेरि चल्न थाल्ने अधिकारीहरुले बताएका छन ।
पोल्यान्ड र लिथुआनियाका पोल्ट्री संघहरूले पनि अमेरिकामा अण्डा निर्यात गर्नका लागि अमेरिकी दुतावासमार्फत पहल गरिरहेका छन ।
फेब्रुअरीमा अमेरिकी कृषि मन्त्रालयले अण्डाको मूल्य घटाउनका लागि १ अर्ब डलरको पाँच बुँदे योजना सार्वजनिक गरेको थियो ।
सुरक्षा उपायहरूका लागि ५०० मिलियन डलर , १०० मिलियन डलरको लागतमा खोप अनुसन्धान र विकास तथा ४०० मिलियन डलरको बजेट किसान वित्तीय राहत कार्यक्रमका लागि विनियोजन गरिएको छ ।
ट्रम्प प्रशासनले व्यावसायिक अण्डा फार्महरूलाई सर्वोत्तम अभ्यास र परामर्श सेवाहरू निःशुल्क उपलब्ध गराउने बताएको छ ।
बर्ड फ्लूको फैलावट रोक्नका लागि ७५ प्रतिशत लागत प्रदान गर्ने निर्णय पनि ट्रम्प प्रशासनले गरेको छ ।