कोलम्बिया विश्वविद्यालयका विद्यार्थीहरुलाई मास्क लगाउन प्रतिबन्ध


प्रकाशित मिति : चैत्र ९, २०८१ शनिबार

अमेरिकाको कोलम्बिया विश्वविद्यालयले मास्क लगाउन प्रतिबन्ध लगाउने भएको छ । उसले विश्वविद्यालयमा प्रहरीको अधिकारलाई पनि बढाउने भएको छ ।

ट्रम्प प्रशासनको दबाबपछि मास्क प्रतिबन्ध लागू गर्ने र क्याम्पस पुलिसका अधिकारहरूलाई विस्तार गर्ने सहमति जनाएको हो । विश्वविद्यालयको ४०० मिलियन डलर को संघीय अनुदान ट्रम्प प्रशासनले रोकेपछि विश्विद्यालयले यसमा सहमति जनाएको हो ।

विश्वविद्यालयका विद्यार्थीहरूले ११ मार्च २०२५ मा न्यूयोर्क शहरमा रहेको कोलम्बिया विश्वविद्यालयको लो लाइब्रेरीको सिँडीमा अमेरिकी आप्रवासन र सीमा शुल्क प्रवर्तन निकाय आइसका एजेण्टहरूको उपस्थिति र महमूद खलिलको रिहाइको लागि विरोध प्रदर्शन गर्दै मार्च गरेका थिए ।

कोलम्बिया विश्वविद्यालयले व्यक्तिगत अभिव्यक्ति शैक्षिक मिशनमा निर्भर गर्ने बताएको छ ।

तर शैक्षिक भवनहरू र शैक्षिक गतिविधिहरू सञ्चालन हुने स्थानहरूमा प्रदर्शन र अन्य विरोधका गतिविधिहरूले शैक्षिक मिसनमा बाधा पुराउने विश्वविद्यालयले स्पष्ट पारेको छ ।

विद्यार्थीहरूलाई उनीहरूको पहिचान लुकाउने उद्देश्यका लागि क्याम्पसमा मास्क लगाउन अनुमति नदिइने क्याम्पसले बताएको छ । स्वास्थ्य कारणले मास्क लगाउनेलाई भने छुट दिइने छ ।

कोलम्बिया विश्वविद्यालयले संघीय अनुदान पुनः प्राप्त गर्नका लागि कदम चालेको बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको माग कोलम्बिया विश्वविद्यालयको न्यूयोर्क शहर क्याम्पसमा भएको प्रो प्यालेस्टिनी प्रदर्शनहरूको श्रृंखलासँग जोडिएको छ ।

७ अक्टोबर २०२३ मा इजरायलमाथि हमासले हमला सुरु गरेपछि गाजा क्षेत्रमा युद्ध जारी रहेको छ । प्रतिबन्धहरुलाई लागू गर्नका लागि ३६ जनाको आन्तरिक सुरक्षा बललाई क्याम्पसमा राखिने छ ।

उनीहरुले व्यक्तिहरूलाई निकाल्ने वा पक्राउ गर्ने अधिकार प्राप्त गर्नेछ । यदि कुनैपनि विद्यार्थीहरुले मुखमा मास्क लगाएर प्रर्दशन गरेको पाइएमा त्यसको जवाफ विद्यवविद्यालयले दिनुपर्ने बताइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com