बेलायतको हीथ्रो विमानस्थलमा उडान सुचारु, शनिबार बेलुकासम्म पूर्णमा सञ्चालनमा आउने


प्रकाशित मिति : चैत्र ९, २०८१ शनिबार

बेलायतको हीथ्रो विमानस्थलमा उडान सुचारु भएको छ । यो विमानस्थल शनिबारसम्म पूर्ण रुपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । बिजुली सर्ट भएर आगो लागेपछि विमानस्थल बन्द गर्नु परेको थियो ।

शुक्रवार लगभग २ लाख यात्रु प्रभावित भएका थिए । जब उडानहरू स्थगित गरिएका थिए । आगो लण्डनको पश्चिमी हेसको नर्थ हाइड प्लान्टमा पुगेपछि अन्य युरोपेली विमानस्थलमा पनि उडानहरू रद्ध गरिएका थिए ।

विमानस्थलका मुख्य कार्यकारी थोमस वोल्डबाइले यात्रुहरू संग माफी मागेका छन । मेट पुलिसले आगो शङ्कास्पद नभएको पुष्टि गरेको छ ।

अनुसन्धानले विद्युत् वितरण उपकरण माथि ध्यान केन्द्रित गर्नुपर्ने बताएको छ ।

आगलागी भएपछि त्यस क्षेत्रका ६५ हजार भन्दा बढी घरहरूको बिजुली काटिएको थियो । विमानस्थलमा पनि विद्युत सेवा बन्द गरिएको थियो ।

विद्युत प्रशारण र प्रभाव गर्ने उपकरण जलेका कारण यो आगालागी भएको अनुमान गरिएको छ । ब्रिटिश एयरवेजले आठवटा लामो दूरीका उडानहरूलाई उडान भर्न स्वीकृति दिएको छ ।

रातभरको उडानमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाइएको छ । यात्रुहरूलाई तिनीहरूको एयरलाइन्ससँग अपडेटको लागि सम्पर्क गर्न सल्लाह दिइएको छ ।

हीथ्रो बेलायतको सबैभन्दा ठूलो विमानस्थल हो । यहाँबाट दैनिक १ हजार ३०० अवतरण र उडानहरू हुने गर्दछन ।

पछिल्लो तथ्यांक अनुसार गत वर्ष ८३.९ मिलियन यात्रुहरूले यस विमानस्थलको टर्मिनलहरूबाट यात्रा गरेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com