लेबनानमा हिजबुल्लाह बिरुद्ध इजरायलको हमला, बच्चासहित ७ जनाको मृत्यु


प्रकाशित मिति : चैत्र ९, २०८१ शनिबार

इजरायलले लेबनानमा हवाई हमला सुरु गरेको छ । लेबनानबाट इजरायलतर्फ पनि केही रकेट प्रहार भएको छ । यो हिंसा नोभेम्बरमा युद्धविराम लागू भएकोपछिको सबैभन्दा ठूलो हो ।

इजरायली सैनिकले लेबनानको दक्षिणी क्षेत्रको हिजबुल्लाहसँग सम्बन्धित रकेट प्रहार गर्ने यन्त्र र कमाण्ड सेन्टरमा हमला गरेको बताएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले हवाई हमलामा एकजना बच्चासहित सात जनाको मृत्यु भएको छ । ४० भन्दा धेरै घाइते भएका छन ।

लेबनानमा हिज्बुल्लाह र प्यालेस्तिनी समूहमार्फत विभिन्न सशस्त्र समूहहरू सञ्चालनमा छन् । यो आक्रमणको जिम्मेवारी कसैले स्वीकार गरेको छैन ।

इजरायली सैनिकले लेबनानमा रहेको कमाण्ड सेन्टरहरू, पूर्वाधार स्थल र हतियार भण्डारण स्थलमा हमला गरेको जनाएको छ ।

इजरायली सैनिकले उत्तर इजरायलको मेटुला शहरमा तीन वटा रकेटलाई निस्तेज पारिएको बताएको छ । हिजबुल्लाहले आफनो संलग्नता अस्विकार गरेको छ । उसले युद्धविरामको पालनामा प्रतिबद्ध रहेको जनाएको छ ।

लेबनानका सैनिकले दक्षिणी क्षेत्रबाट तीन वटा रकेट प्रहार गर्ने यन्त्रमा हमला गरि ध्वस्त बनाएका छन । लेवनानका रक्षा मन्त्रीले यस आक्रमणको अनुसन्धान सुरु गरिएको बताएका छन ।

पछिल्ला हमलाहरुले अमेरिकी र फ्रान्सद्वारा सहमति गरिएको युद्धविरामलाई कमजोर बनाएको छ । युद्धविरामले इजरायल र हिजबुल्लाह बीच एक वर्षभन्दा बढीको लडाईलाई अन्त्य गरेको थियो ।

लेबनानको सरकारले इजरायलले दक्षिणी लेबनानका पाँच स्थानमा कब्जा कायम राखेको बताएको छ । इजरायलले लेबनानका सैनिकले ती क्षेत्रहरूमा पूर्ण रूपमा सैनिक तैनाती नगरेको बताएको छ ।

त्यसकारण आफ्ना सिमा क्षेत्रहरूको सुरक्षा सुनिश्चित गर्न ती स्थानहरूमा इजरायली सैनिकहरु राखिएको बताएको छ ।

शनिबारको आक्रमणले लेबनानको सेना समक्ष रहेका चुनौतीहरूलाई देखाएको छ । दक्षिणी क्षेत्रहरूमा इजरायलले नियन्त्रणको प्रयास गरिरहेको देखिएको छ ।

हिजबुल्लाहको परंपरागत उपस्थिति र समर्थन रहेका क्षेत्रमा इजरायलले हमला केन्द्रीत गर्ने संभावना पनि बढाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com