फ्लोरिडामा हीराका गहना सहित एकजना पक्राउ


प्रकाशित मिति : चैत्र ९, २०८१ शनिबार

अमेरिकामा प्रहरीले चोरी भएका करिब ८ लाख डलरका गहना पिडितलाई फिर्ता गरेको छ ।

अर्लाण्डो प्रहरीले ७ लाख ६९ हजार ५०० डलर बराबरका २ जोडी कानका गहना पक्राउ गरि फिर्ता गरेको हो । ति गहना चोरले पिडितलाई २ साता अघि अंगालो हालेर चोरी गरेको बताएको छ ।

चोरी गरेको आरोपमा ३२ वर्षका जयथन गिल्डरलाई २६ फेब्रुअरीमा प्रहरीले हिरासतमा लिएको हो । उनले टिफनी एण्ड कोका कानका लगाएका हीराका गहना चोरी गरी आफुले लगाएको भेटिएको प्रहरीले बताएको छ ।

अर्लाण्डो पुलिस विभागका अनुसार गिल्डरलाई एकसाता लामो निगरानीपछि नियन्त्रणमा लिएको हो । गिल्डरलाई मास्क लगाएर डकैती गरेको भन्दै प्रथम डिग्रीको ठगीको आरोप लगाइएको छ ।

प्रहरीका अनुसार गिल्डरले २६ फेब्रुअरीमा अर्लाण्डो फ्लोरिडास्थित टिफनी एण्ड को को पसलमा आफुसँग उच्च गुणस्तरका गहना भएको बताएका थिए ।

गिल्डरले कर्मचारीहरूको ध्यान अन्यत्र मोडेर दुई जोडी कानका गहना चोरेर पसलबाट भागेका थिए । भाग्ने क्रममा उनले ५ लाख ८७ हजार डलर मूल्यको हीराको औठी पनि हराएका थिए ।

गहना टिफनी पसलमा फर्काएपछि पसलका प्रमुखले गहना चोरी गरिएका गहनासँग मिलेको पुष्टि गरेका थिए । गिल्डर अहिले अरण्ज काउंटी जेलमा हिरासतमा छन् ।

उनले २०२२ मा टेक्सासको टिफनी एण्ड को को पसलमा पनि डकैती गरेका थिए । उनलाई पक्राउ गर्नका लागि कोलोराडोमा ४८ फरक फरक वारन्टहरू जारी भएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com