इजरायली सेनाले गरेको हवाई हमलामा हमासका उच्च नेता मारिए
प्रकाशित मिति : चैत्र ९, २०८१ शनिबार

इजरायलको हवाई हमलामा हमासका एकजना उच्च नेता मारिएका छन ।
गाजा सिटीको दक्षिणी क्षेत्रमा रहेको खान युनिस क्षेत्रमा इजरायलले गरेको आक्रमणमा उच्च राजनीतिक नेता सला अल बर्दाविलको मृत्यु भएको हमासकै अधिकारीले पुष्टि गरेका छन ।
स्थानीयका अनुसार हमलामा बर्दाविलकी श्रीमतीको पनि ज्यान गएको छ । तर इजरायली अधिकारीहरुले भने कुनै प्रतिकृया दिएका छैनन ।
इजरायली सेनाले मंगलबारदेखि गाजामा ठूलो हवाई आक्रमण पुनः सुरु गरेको छ ।
१९ जनवरीमा सुरु भएको युद्धविराम सम्झौतामा हस्ताक्षर गरिएको सहमति र लगभग दुई महिनाको शान्ति अन्त्य गर्न हमासलाई दोषी ठहराउदै इजरायलले गाजामा हमला सुरु गरेको हो ।
तर हमासले भने इजरायली आरोपलाई अस्विकार गरेको छ । हमासले इजरायलमाथि युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाएको छ । युद्धविरामलाई कतार, इजिप्ट र अमेरिकाले मध्यस्तता गरि दुबै पक्षले हस्ताक्षर गरेका थिए ।
हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा गाजा स्ट्रिपको विभिन्न भागमा ३२ प्यालेस्तिनीको मृत्यु भएको बताएको छ ।
इजरायली सेनाले ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले हमासलाई समाप्त पार्ने अभियान सुरु गरेको थियो ।
हमासको आक्रमणमा १ हजार २०० जना मारिएका थिए । २५१ जना लाई हमास समूहले बन्धक बनाएको थियो ।
त्यसपछि इजराययले गाजामा हमला सुरु गरेपछि अहिलेसमम ४९ हजार ५०० भन्दा बढी प्यालेस्तिनीको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले बताएको छ ।