अमेरिकाबाट निष्कासित हुनु परेकोमा कुनै पछुतो नरहेको अफ्रिकी राजदूतको भनाई
प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार

अमेरिकाबाट निष्कासित दक्षिण अफ्रिकी राजदूत इब्राहिम रसुलले आफुलाई कुनै पछुतो नरहेको बताएका छन ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारसँग विवादमा विवाद भएपछि अमेरिकाबाट निष्कासित गरिएका राजदूत रसुलले केप टाउनमा घर फर्कने कुनै रोजाई नभए पनि फर्कनु परेकोमा भने कुनै पछुतो नरहेको बताएका हुन ।
रसुलले ट्रम्पलाई जातिवादी उत्तेजना गर्ने राजनीतिज्ञ भएको आरोप लगाएपछि उनलाई अमेरिकाबाट निष्कासन गरिएको थियो ।
ट्रम्पले आर्थिक सहायता कटौती गरेपछि अमेरिका र दक्षिण अफ्रिकाबीचको सम्बन्ध अहिले बिग्रिएको छ ।
ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ आन्दोलनलाई अमेरिकाको विविधता बिरोधी भनेर बिरोध गरेपछि रसुललाई अमेरिकाले निष्कासन गरेको विदेशमन्त्री मार्को रुबियोले बताएका छन ।
पूर्व रङ्गभेद विरोधी अभियानकर्ता रसुलले आफ्नो टिप्पणीको रक्षा गरेका छन ।
उनले दक्षिण अफ्रिकी बुद्धिजीवी, राजनीतिक नेताहरू र अन्यसँग कुरा गर्दै ‘अमेरिकासँग व्यापार गर्ने पुरानो तरिकाले काम नगर्ने बताए ।
ओबामा र क्लिन्टनको अमेरिका होइन भन्दै उनले फरक अमेरिकासँग फरक नै व्यवहार आवश्यक रहेको बताए ।
दक्षिण अफ्रीकामा रहेका श्वेत किसानहरुको जमिन जफत गर्नसक्ने कानून ल्याएको भन्दै ट्रम्पले फेब्रुअरीमा दक्षिण अफ्रिकालाई दिने अमेरिकी सहायता रोक्का गरेका थिए ।
दक्षिण अफ्रीकी सरकारले भने अमेरिकी आरोपको खण्डन गरेको छ ।