अमेरिकालाई हमासको जवाफ : युद्धविरामका लागि प्रतिबद्ध छौ


प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार

अमेरिकाले युद्ध रोजेको भनेर लगाएको आरोपलाई हमासले खण्डन गरेको छ ।

अमेरिकाले बन्धकलाई बिना शर्त मुक्त नगरेर हमासले युद्ध रोजेको आरोप अमेरिकाले लगाएको भन्दै सत्यलाई तोडमोड गर्न खोजिएको भन्दै हमासले अमेरिकी आरोपको खण्डन गरेको हो ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता ब्रायन ह्युजको आरोपको जवाफमा हमासले जारी गरेको विज्ञप्तिमा हमासले बन्धकहरूलाई रिहा गर्नुको साटो युद्ध रोजेको भन्ने दाबी तथ्यलाई तोडरोड गर्नु हो भनिएको छ ।

अहिले पनि हमास युद्धविराम सम्झौताप्रति प्रतिबद्ध रहेको बताएको छ । यसअघि प्रवक्ता ब्रायनले हमासले बन्धकहरूलाई रिहा गर्न सक्थ्यो तर त्यसको साटो युद्ध रोजेको आरो्प लगाएका थिए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धविराम विस्तारका पहलहरूलाई अस्वीकार गरेको भन्दै आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न फेरी युद्ध सुरुवात गराएको प्यालेस्टिनी लडाकू समूहले बताएको छ ।

गाजामा बन्धक बनाइएका बन्धकहरूको परिवारसहित इजरायलमा सामना गर्नुपरेको आलोचनापछि नेतन्याहूले हमासका कारण समस्याको समाधान निकाल्न नसकिएको प्रमाणित गर्न खोजेको आरोप हमासले लगाएको छ ।

जनवरी १९ देखि लागू भएको युद्धविरामको समयावधि बढाउने विषयमा हमाससँग हप्तौँदेखि असहमति भएपछि यो कदम चालिएको इजरायलले बताएको हो ।

इजरायलले थप बन्धकहरूलाई मुक्त गर्न र मरेका वा जीवित रहेका करिब ६० बन्दीहरूको स्वतन्त्रता सुरक्षित गर्न आफ्नो सैन्य अभियान आवश्यक रहेको बताएको छ ।

धेरै बन्धक परिवारहरूले फेरि युद्धविरामको माग गरेका छन् । जीवितै फर्केका अधिकांश बन्दीहरूले पनि युद्धविरामको माग गरेका छन् ।

हमासले भने अमेरिकाले आक्रमणकारीलाई पीडितसँग तुलना गरेको आरोप लगाएको छ ।

गाजामा २० लाखभन्दा बढी प्यालेस्टिनीविरुद्ध नरसंहार, भोकमरी र घेराबन्दीमा अमेरिकाको संलग्नता प्रकट भएको हमासले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com