क्यानडाको चुनावमा अमेरिकासँगको सम्बन्ध मूख्य राजनीतिक एजेण्डा


प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार

क्यानडामा २८ अप्रिलमा चुनाव हुँदैछ । यो चुनाव क्यानडाले अमेरिकासँगको व्यापार युद्धको सामना गरिरहेको बेला हुन गइरहेको हो ।

यसैबीचमा राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१औं अमेरिकी राज्य बन्न गरेको आह्वान पनि क्यानडाको चुनावमा पेचिलो विषय बनेको छ ।

यी आह्वानहरुले मतदाताहरूको मतिष्कलाई तरंगित बनाएको छ । लिबरल नेता कार्नीले चुनावमा कन्जरभेटिभ पार्टीका नेता पिएरे पोइलिव्रको सामना गर्नुपर्ने छ ।

पिएरेको पार्टीले २०२३ को मध्यदेखि राष्ट्रिय सर्वेक्षणहरूमा नेतृत्व गरिरहेको छ । यद्यपि पछिल्ला सर्वेक्षणहरूले यो चुनाव प्रतिस्पर्धात्मक बन्ने संकेत दिएका छन् ।

ओटावामा बोल्दै कार्नीले ट्रम्पसँग प्रस्तुत हुनका लागि आफूलाई स्पष्ट र सकारात्मक समर्थनको आवश्यकता रहेको बताएका थिए । क्यानडाले जीवनकालको सबैभन्दा महत्त्वपूर्ण संकटको सामना गरिरहेको उनले बताए ।

कार्नी ६० वर्ष छन । उनी बेलायतको बैंक र क्यानडाको बैंकका पूर्व गभर्नर समेत हुन् । तर उनले कहिल्यै सांसदको रूपमा काम भने गरेका छैनन् ।

कार्नीले ब्रिटेनका प्रधानमन्त्री कियर स्टार्मर र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग भेटघाट गरेका छन ।

क्यानडाको आर्कटिक क्षेत्रमा अष्ट्रेलियासँग नयाँ उत्तर क्षेत्रीय रडार प्रणालीको विकासका लागि साझेदारीको घोषणा पनि यहि अवसरमा गरे ।

उनले ट्रुडोको सिग्नेचर कार्बन कर जलवायु नीति पनि समाप्त गरे छन । जसलाई कन्जरभेटिवहरूले कडा आलोचना गरेका थिए ।

क्यानडाको अमेरिकासँगको परम्परागत रूपले नजिकको सम्बन्धको छ । यहाँका सर्वसाधारणहरु सम्बन्ध बिग्रिएको चिन्तित छन । जीवनयापनको लागत बढेकोमा उनीहरुलाई चिन्ता रहेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानाडाका सामानमा लगाएको कर का कारण आर्थिक अस्थिरता ल्याउन सक्ने संभावना छ । क्यानडालाई मन्दी तर्फ धकेल्न सक्ने संभावना पनि जिवित रहेको छ ।

ट्रम्पले १२ मार्चमा क्यानाडाका सबै एल्युमिनियम र स्टिल आयातमा २५ प्रतिशत कर लागू गरेका थिए । क्यानडाले अहिलेसम्म अमेरिकी सामानहरूमा करिब ४२ बिलियन डलरको कर लगाएत अमेरिकालाई प्रतिकृया दिएको छ ।

प्रधानमन्त्री कार्नीले अमेरिकासँगको व्यापार युद्ध हाम्रो जीवनकालको सबैभन्दा महत्त्वपूर्ण खतरा हो भनेका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com