फेसबुकले व्यक्तिगत जानकारी प्रयोग गरेर विज्ञापन नबनाउने


प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार

फेसबुकले व्यक्तिगत जानकारी प्रयोग गरेर विज्ञापन बनाउने कार्य रोक्ने सहमति जनाएको छ ।

प्रविधि र मानवअधिकारको क्षेत्रमा काम गर्ने बेलायतको लण्डनमा बस्ने ३७ बर्षीया तन्या ओक्यारेलले मेटा विरुद्ध दायर गरेपछि फेसबुकले यो सहमति जनाएको हो ।

यसले अन्य व्यक्तिहरूलाई पनि विज्ञापनविरुद्ध कदम चाल्नका लागि मार्ग बनाउने छ उनले भनेकी छन ।

बेलायतको डाटा निगरानी निकाय सूचना आयुक्त कार्यालय ले अनलाइन लक्षित विज्ञापनलाई प्रत्यक्ष मार्केटिंगको रूपमा विचार गर्नु आवश्यक छ ।

मेटाले प्रयोगकर्ताहरूलाई आफ्नो डाटा र विज्ञापन प्राथमिकताहरू नियन्त्रण गर्नका लागि बलियो सेटिङ्स र उपकरणहरू प्रदान गरेको बताएको छ ।

लगभग २० वर्षअघि ओुक्यारेलले फेसबुक खाता खोलेकी थिइन । उनले २०२२ मा मेटाविरुद्ध मुद्दा दायर गरेकी थिइन ।

उनले मेटासँग व्यक्तिगत डाटाको प्रयोग नहोस र उनलाई लक्षित विज्ञापनहरू देखाउनु बन्द होस भन्ने अपेक्षा फेसबुकसँग गरेकी थिइन ।

साधारण डाटा संरक्षण विनियमले कसरी व्यक्तिगत जानकारी प्रयोग गर्ने भन्ने कुरा नियन्त्रण गर्दछ ।

ओक्यारेलको मुद्दाले भनेको छ कि फेसबुकको लक्षित विज्ञापन प्रणाली बेलायतको प्रत्यक्ष मार्केटिंगको परिभाषामा पर्छ । यो परिभाषा भित्र परेका व्यक्तिहरूलाई विज्ञापनमा आपत्ति जनाउनको अधिकार छ ।

मेटाले फेसबुकमा विज्ञापनहरू केवल १०० जनाको न्यूनतम समूहमा मात्रै लक्षित गर्न सकिने बताएको छ ।

त्यसैले यसलाई प्रत्यक्ष मार्केटिंगको रूपमा मान्न नसकिने मेटाले बताएको छ । तर बेलायतको सूचना आयुक्त कार्यालयले मेटाको धारणालाई खारेज गरेको छ ।

फेसबुक र इन्स्टाग्रामलाई निर्माण र मर्मत गर्न ठूलो खर्च आउँछ । यी सेवाहरू बेलायती उपभोक्ताहरूका लागि व्यक्तिगत विज्ञापनको कारण निःशुल्क छन् ।

फेसबुक र इन्स्टाग्रामले युरोपका अधिकांश देशहरूमा सेवा प्रवाह गरेका छन । त्यहाँका प्रयोगकर्ताले मासिक भुक्तानी गर्न सक्छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com