भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशहरूमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
प्रकाशित मिति : चैत्र ११, २०८१ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल वा ग्यास खरिद गर्ने कुनै पनि देशबाट आयात हुने सबै समानहरुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको छन् ।
ट्रम्पले सोमबार भेनेजुएलाबाट तेल वा ग्यास किन्ने कुनै पनि देशले अमेरिकासँग गरेको व्यापारमा २५ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्ने घोषणा गरेका हुन् । ट्रम्पले ट्रुथ सोसलमा उक्त शुल्क अप्रिल २ देखि लागू हुने जानकारी दिए ।
उनले लेखेका छन्, “यो दोस्रो शुल्क अप्रिल २ देखि लागू हुनेछ।” ट्रम्पले भेनेजुएलाले धेरै हिंसात्मक प्रकृति भएका ‘दशौं हजार’ मानिसहरूलाई संयुक्त राज्य अमेरिका पठाएको समेत उल्लेख गरेका छन् ।
यस कदमले अन्तर्राष्ट्रिय व्यापारमा ठुलो असर पार्ने अनुमान गरिएको छ। भेनेजुएला लामो समयदेखि अमेरिकी प्रतिबन्धहरूको सामना गरिरहेको छ । यो नयाँ शुल्कले भेनेजुएलाको अर्थतन्त्रमा थप असर पार्ने विज्ञहरू बताउँछन् ।