अमेरिकी पहिलो रिपब्लिकन अश्वेत महिला सांसदको निधन
प्रकाशित मिति : चैत्र ११, २०८१ सोमबार

अमेरिकी रिपब्लिकन पार्टीकी पहिलो अश्वेत महिला सांसद मिया लभको निधन भएको छ ।
उनको ४९ वर्षको उमेरमा यूटा राज्यमा निधन भएको परिवारले घोषणा गरेको छ। उनको घर मै निधन भएको हो । उनलाई मस्तिष्कको क्यान्सर भएको उनीकी छोरी अबिगेलले बताइन ।
हैटीबाटआप्रवासीको रुपमा अमेरिका पुगेका आमाबाबुको सन्तान लभ थिइन् । उनले यूटा राज्यलाई हाउस अफ रिप्रिजेन्टेटिभ्समा प्रतिनिधित्व गर्दै आएकी थिइन्।
लभको सम्झनामा यूटा राज्यका गभर्नर स्पेन्सर कक्सले साँचो मार्गदर्शक र दूरदर्शी नेता मिया लभ रहेको बताए ।
मिया लभको राजनीतिक यात्रा २००३ मा साराटोगा स्प्रिंग्स सिटी काउन्सिलमा जितेपछि सुरु भएको थियो । पछि ३४ वर्षको उमेरमा उनी मेयर भइन्।
२०१४ मा उनले अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सको लागि निर्वाचित भइन । यसरी उनी पहिलो अश्वेत रिपब्लिकन महिला कंग्रेस सदस्य बनेकी हुन । उनले २ कार्यकाल काम गर्ने अवसर पाएकी हुन ।
लभले २०१६ मा डोनाल्ड ट्रम्पको आलोचना गर्दै रिपब्लिकन प्रतिस्पर्धी टेक्सास सिनेटर टेड क्रुजलाई समर्थन गरेकी थिइन ।
२०१८ मा ट्रम्पलाई हैटीका बारेमा अपमानजनक टिप्पणी गरेकोमा सार्वजनिक रूपमा माफी माग्न उनले आग्रह गरेकी थिइन्।
राजनीतिमा प्रवेश गर्नु भन्दा पहिले उनी फ्लाइट अटेंडेन्टको रूपमा कार्यरत थिइन्।