अमेरिकासँगको सम्बन्ध कमजोर बनिरहेको बेला चीन र फ्रान्स छलफलमा
प्रकाशित मिति : चैत्र ११, २०८१ सोमबार

चीनले फ्रान्ससँगको सम्बन्ध बलियो बनाउन खोजेको देखिएको छ ।
अमेरिकासँग युरोपेली देशको सम्वन्धमा आएको चिसोपनसँगै चीनले ति देशहरुसँगको सम्वन्धलाई नयाँ शिराबाट अगाडि बढाउन खोजेको देखिएको छ ।
फ्रान्सका विदेशमन्त्रीको आसन्न भ्रमणले ‘अशान्ति र रूपान्तरण’को सामना गरिरहेको विश्वमा दुई देशबीच सहयोग प्रगाढ हुने आशा चीनले व्यक्त गरेको छ ।
फ्रान्स र चीनले हालैका वर्षहरूमा सम्बन्धलाई बलियो बनाउन खोजेका छन् ।
तर फ्रान्सले युक्रेनको आक्रमणपछि बलियो देखिएको चीन र रुसबीचको सम्बन्धलाई प्रगाढ नबनाउन चीनलाई दबाब दिएको छ ।
फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल बारोटले आगामी बिहीबार र शुक्रबार चीनको राजधानी बेइजिङ र आर्थिक महाशक्ति साङ्घाईको भ्रमण गर्नेछन ।
चीनले फ्रान्सका विदेशमन्त्रीको यो भ्रमणलाई ‘राजनीतिक पारस्परिक विश्वास लाई मजबुत बनाउन’ प्रयोग गर्ने बताएको छ ।
जनवरीमा ह्वाइट हाउसमा फर्केका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित गर्दै चीनले संयुक्त रूपमा एकपक्षीयता र अराजक कानूनको पुनरुत्थानको विरोध गर्ने बताएको छ ।
गत वर्ष पेरिसमा राष्ट्रपति इमानुएल म्याक्रोँसँग भएको भेटमा म्याक्रोँले चीनको ‘स्वतन्त्र’ अडानको सराहना गरेका थिए ।
चीनले युक्रेन द्वन्द्वमा आफू तटस्थ भएको बताउँदै आएको छ । तर चीनले युक्रेन युद्धको कहिल्यै निन्दा वा समर्थन केही गरेको देखिएको छैन ।