सैन्य सूचना पत्रकारसम्म पुगेको ह्वाइटहाउसबाट स्वीकार, डेमोक्र्याट्सद्वारा अनुसन्धानको माग


प्रकाशित मिति : चैत्र ११, २०८१ सोमबार

अमेरिकी गोप्य सैन्य सूचना असावधानिवस एकजना पत्रकारसँग पुगेको ह्वाइट हाउसले स्वीकार गरेको छ ।

समूह च्याटमा असावधानिवस जोडिन पुगेका एकजना पत्रकारले यमनमा हुथी विद्रोही बिरुद्ध आक्रमणको गोप्य सैन्य सूचना प्राप्त गरेको ह्वाइट हाउसले बताएको हो ।

पहिलो बम आक्रमणको २ घण्टाअघि ति सैन्य गोप्य सूचना ति पत्रकारले पाएको बताइएको छ । यो समूह च्याटमा उपराष्ट्रपति जे डि भान्स र रक्षा मन्त्री पेट हेगथेतका बिचमा कुराकानी भइरहेको थियो ।

एटलांटिक म्यागजिनका ज्योफ्री गोल्डबर्गले उनलाई सिग्नल म्यासेज समूहमा समावेश गरिएको थियो । उनले हुथी विद्रोहीहरु बिरुद्ध अमेरिकी आक्रमणको गोप्य सैन्य योजना देखेको बताए ।

गोल्डबर्गले सिग्नल च्याट चेनमा अनायासै समावेश गरिएको बताए । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज जस्तो देखिनेबाट उनलाई अनुरोध आएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो जानकारी आफुलाइ नभएको बताएका छन । उनले हुथी बिरुद्धका आक्रमणहरू अत्यधिक सफल र प्रभावकारी भएका बताएका छन ।

ह्वाइट हाउसका प्रेस सचिव करोलिन लेभिटले राष्ट्रपति ट्रम्पले आफ्नो राष्ट्रिय सुरक्षा टोलीमा पूर्ण विश्वास राख्ने गरेको बताइन । १५ मार्चमा अमेरिकाले हुथीहरू विरुद्ध निर्णायक र शक्तिशाली हवाई हमलाको घोषणा गरेको थियो ।

गोप्य सैन्य सूचना चुहावट गर्नेहरुमाथि अनुसन्धान गरी कारवाहीको प्रकृया अघि बढाउन डेमोक्र्याटिक सांसदहरूको माग गरेका छन ।

डेमोक्र्याटिक नेता चक शुमरले चकित पार्ने सैन्य गोप्य जानकारीको उल्लंघन भएको बताएका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com