उपराष्ट्रपति भान्स ग्रीनल्याण्ड जाने, टापुको सुरक्षा जाँच गर्नु भ्रमणको उदेश्य रहेको दावी


प्रकाशित मिति : चैत्र १२, २०८१ मंगलबार

अमेरिकी उपराष्ट्रपति जे डी भान्स शुक्रबार ग्रीनल्याण्ड भ्रमणमा जाने भएका छन । भान्स आफ्नी पत्नी उषासँग ग्रीनल्यान्ड भ्रमणमा जान लागेका हुन ।

यो भ्रमण राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रीनल्याण्ड टापु अधिग्रहण गर्ने धम्की पछिको हो ।

भान्स जोडी पिटुफिक स्पेस बेसमा जाने बताइएको छ । त्यहाँ रहँदा उनीहरूले आर्कटिक सुरक्षा समस्याबारे जानकारी लिनेछन् । उनीहरुले त्यहाँ रहेका अमेरिकी सैनिकहरूसँग भेट्ने कार्यक्रम तय भएको ह्वाइट हाउसले बताएको छ ।

ग्रीनल्यान्डको उत्तर पश्चिमी भागमा पिटुफिक स्पेस बेस रहेको छ । मिसाइल चेतावनी, हवाई रक्षा र स्पेस सर्वेलेन्स मिसनहरूलाई यो बेसले सहयोग पुर्याउँछ।

भान्सले सैन्य प्रतिष्ठानको भ्रमणको उद्देश्य भने टापुको सुरक्षा जाँच गर्नु रहेको बताएका छन् । अरु धेरै देशहरूले ग्रीनल्यान्डलाई धम्की दिएका भान्सले बताएका छन् ।

ट्रम्प प्रशासनले ग्रीनल्यान्डका जनताको सुरक्षा पुनः सुदृढ गर्न चाहेको उनले बताएका छन । डेनमार्कले यसलाई लामो समयसम्म उपेक्षा गरेको उनको आरोप छ ।

उषा भान्सले आफ्नै सांस्कृतिक भ्रमणका लागि ग्रीनल्यान्ड जान योजना बनाएकी थिइन् ।

तर उनले आफ्ना पति जे डी भान्सले आफ्नो योजना सार्वजनिक गरेपछि यो यात्रा निर्धारण भएको बताइन । ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले पनि यस हप्ता ग्रीनल्यान्ड जाने कार्यक्रम बनाएका छन् ।

ग्रीनल्यान्डका अधिकारीहरूले भने यस योजनाबद्ध भ्रमणलाई असम्मानजनक भनेर कडा आलोचना गरेका छन् । ग्रीनल्यान्ड संसारको सबैभन्दा ठूलो टापु हो । आर्कटिक र अटलान्टिक महासागर बीचमा यो अवस्थित छ ।

यो करिब ३०० वर्षदेखि डेनमार्कको नियन्त्रणमा रहेको छ । यो ३ हजार किलोमिटर टाढा छ।

ग्रीनल्णण्डले आफ्नो आन्तरिक मामिलाको व्यवस्थापन आफै गर्ने गरेको छ । तर विदेश र रक्षा नीति सम्बन्धी निर्णय भने डेनमार्कको कोपेनहेगनमा लिइन्छ ।

अमेरिकी सरकारले द्वितीय विश्वयुद्धदेखि त्यहाँ सुरक्षा चासो राख्दै आफना सैनिक पनि राखेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com