टिकटक गैरचिनिया कम्पनीलाई बिक्री गरिए चीनमाथिको कर घटाउने ट्रम्पको आश्वासन
प्रकाशित मिति : चैत्र १३, २०८१ बुधबार

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई बेच्नका लागि चीनमाथि लगाइएका करमा कटौती गर्न सकिने बताएका छन ।
शर्ट भिडियो एप टिकटकको विक्रीको लागि चीन तयार भएमा चीनमाथिका करमा अमेरिकाले पुर्नविचार गर्ने ट्रम्पले बताए । टिकटक विक्रीमा पुग्नका लागि कर ले समस्या पारेको हो भने त्यसमा पुर्नविचार गर्न सकिने उनको भनाई छ ।
ट्रम्पले यो प्लेटफर्म कुनै गैर चिनियाँ खरिदकर्तालाई बेच्नका लागि ५ अप्रिलको समयसीमालाई विस्तार गर्न तयार रहेको समेत बताएका छन् ।
यसअघि बाइडन प्रशासनले टिकटकमाथि प्रतिबन्ध लगाउनका लागि कानून पारित गरेको थियो । तर जनवरीमा ट्रम्पले सत्ता सम्हाले पनि उनले यस कानूनको कार्यान्वयनमा ढिलाइ गरेका थिए ।
यो कानून २०२४ मा बनाइएको थियो । यसमा टिकटकलाई बेच्न वा प्रतिबन्ध लगाउन भनिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा कारण टिकटकलाई चिनियाँ कम्पनी बाइटडान्सले बेच्नु पर्ने वा बन्द गर्नुपर्ने कानूनमा उल्लेख गरिएको छ ।
ट्रम्पले पत्रकारहरुसँग टिकटक बिक्रीको सन्दर्भमा चीनले भूमिका निर्वाह गर्नुपर्ने बताउदै चीनले सहजिकरण गर्नेमा आशावादी रहेको बताए ।
ट्रम्पले ५ अप्रिलको समयसीमा भित्र टिकटक बिक्रीका विषयमा केहि सहमति या पहल हुने अपेक्षा गरेको बताए । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् ।
राष्ट्रपति ट्रम्पले पनि टिकटक युवाहरुकाबीचमा लोकप्रिय रहेको स्वीकार गरेका छन । उनले पनि टिकटकलाई अमेरिकामा बेचिनुको बिकल्प नरहेको बताउदै आएका छन ।
सन् २०२० मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक कार्यकारी आदेशमार्फत टिकटकलाई प्रतिवन्धको प्रस्ताव गरेका थिए । तर, उनी त्यसमा सफल भएनन् ।