आन्दोलनमा सहभागि भएको आरोपमा अमेरिकी नागरिक पक्राउ
प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार

अमेरिकी नागरिक काठमाण्डौमा पक्राउ परेका छन । आन्दोलनमा सहभागि भएका अमेरिकी नागरिक जुलियन किर्पाल ब्लिसलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो ।
उनले आफुलाई जयानन्द कृपा भनेर चिनाउने गरेका थिए । उनलाई प्रहरी वृत सिंहदरवारले नियन्त्रणमा लिएको हो ।
प्रहरी परिसर काठमाण्डौका सुचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहोराका अनुसार राजनीतिक विषयको आन्दोलनमा आक्रामक रुपमा प्रस्तुत भएकाले नियन्त्रणमा लिइएको हो ।
सरकारले पदमुक्त गरेका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा भइरहेको बिरोध प्रर्दशनमा राजतन्त्र समर्थित व्यानर बोकेर ब्लिस आन्दोलनमा पुगेको प्रहरीले बताएको छ ।
पक्राउ परेका अमेरिकी नागरिक ब्लिसलाई अध्यागन बिभागको जिम्मा लगाइने प्रहरीको तयारी छ ।
५८ बर्षीय ब्लिस पर्यटक भिसामा गत जनवरी १८ मा नेपाल आएका थिए । फेब्रुअरी ३ मा उनको भिसा सकिएपछि मार्च २४ सम्मको लागि भिसाको अवधि बढाएको देखिएको प्रहरीले बताएको छ ।
उनको भिसा अवधि सकिएकाले पक्राउ परेका ब्लिसलाई अध्यागमन विभागको जिम्मा लगाइने प्रहरीले बताएको हो ।