अमेरिकामा १० हजार मानिसले सरकारी जागिर गुमाउदै


प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार

अमेरिकाको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले १० हजार रोजगारी कटौती गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले ठूलो पुनर्संरचना योजनाको हिस्साका रूपमा १० हजार रोजगारी कटौती गर्ने घोषणा गरेको हो ।

सङ्क्रामक रोगहरूको अनुगमन गर्ने, खाद्यान्न र अस्पतालहरूको निरीक्षण गर्ने र देशको लगभग आधा भागका लागि स्वास्थ्य बिमा कार्यक्रमहरूको निरीक्षण गर्ने यो निकायले गर्दै आएको छ । यो संरचनामा ८२ हजार जनशक्ति रहेको छ ।

कटौतीको अधिकांश सार्वजनिक स्वास्थ्य निकायहरूबाट आउनेछ । खाद्य पदार्थ र औषधिहरूका लागि मापदण्ड निर्धारण गर्न जिम्मेवार खाद्य तथा औषधि प्रशासनले तीन हजार पाँच सय कर्मचारी कटौती गर्नेछ ।

सङ्क्रामक रोग प्रकोपहरू अनुगमन गर्ने रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दुई हजार चार सय पद कटौती गर्नेछ । यसैबीच विश्वको अग्रणी जनस्वास्थ्य अनुसन्धान एजेन्सी, नेसनल इन्स्टिच्युट फर हेल्थले एक हजार मानिस कटौती गर्ने छ ।

वृद्ध र गरिब अमेरिकीहरूका लागि स्वास्थ्य कभरेजको निरीक्षण गर्ने मेडिकेयर र मेडिकेड सेवाहरूका लागि केन्द्रहरूले पनि तीन सय रोजगारी गुमाउनेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो दोस्रो कार्यकाल सम्हालेपछि सरकारी खर्च र संरचनामा कटौती सुरु गरेका छन । यसको नेतृत्व गर्न एलन मस्कको नेतृत्वको दक्षता विभागलाई जिम्मेवारी दिएका छन ।

विभिन्न विवादकाबीचमा मस्कको दक्षता विभागले काम गरी रहेको छ ।

दक्षता विभागको पहिलो र सबैभन्दा ठूलो निशानामा अमेरिकी सहयोग नियोग यूएसएआईडी परेको छ । यसबाट सञ्चालित करिब ८० प्रतिशत कार्यक्रम बन्द भएको छन । अधिकांश कर्मचारीलाई अबकाश दिइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com