अमेरिकासँग आत्मसमर्पण नगर्ने जर्मनीको घोषणा, आत्मविश्वासका साथ युरोप अगाडी बढ्ने


प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार

जर्मनीले अमेरिकी करका अगाडी आत्मसमर्पण नगर्ने बताएको छ । जर्मनीले अमेरिकी आयात करसँग जर्मनी र समग्र युरोपले आत्मसमर्पण नगर्ने बरु आवश्यक प्रतिकृया दिने बताएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित गाडी र गाडीका पार्ट्समा २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि जर्मनीले प्रतिकृया दिएको हो । जर्मनीका अर्थमन्त्री रॉबर्ट हाबेकले युरोपेली संघले अमेरिकालाई दृढ प्रतिक्रिया दिनु पर्ने बताए ।

अमेरिकासँग समर्पण नगर्ने घोषणा गरेको जर्मनीले शक्ति र आत्मविश्वास देखाउनु पर्ने अवस्था आएको र यसको नेतृत्व गर्न जर्मनी तयार रहेको उनले बताए ।

अमेरिकी करका बिरुद्ध अन्य प्रमुख विश्व अर्थतन्त्रहरूले पनि प्रतिकार गर्ने प्रतिवद्धता जनाएका छन् ।

फ्रान्सका राष्ट्रपति ले यस कदमलाई समयको बर्बादी र असंवेदनशील भन्दै टिप्पणी गरेका छन । क्यानडाले यसलाई प्रत्यक्ष आक्रमण भनेको छ ।

चीनले अमेरिकालाई अन्तर्राष्ट्रिय व्यापार नियमहरूको उल्लङ्घन गरेको आरोप लगाउदै आएको छ । जापानदेखि जर्मनीसम्मका कार निर्माता कम्पनीहरूको स्टक घटेको देखिएको छ ।

यदि युरोपले क्यानडासँग मिलेर अमेरिकालाई हानि पुराउने काम गरे भने करको दर थप बढाउने राष्ट्रपति ट्रम्पले चेतावनी दिएका छन ।

कर लगाउनु भनेको मूल्यका श्रृंखलाहरूलाई तोड्नु हो । यसले छोटो अवधिमा मुद्रास्फीति प्रभाव सिर्जना गर्नेछ । रोजगारीलाई समेत यसले नष्ट गर्ने संभावना रहन्छ ।

नयाँ कार करहरू भने २ अप्रिलदेखि लागू हुनेछन् । गाडी आयात गर्दा लाग्ने करहरू अर्को दिनदेखि सुरु हुनेछन् । पार्ट्समा मे वा त्यसपछि कर लाग्न सुरु हुनेछन् ।

अमेरिकाले गत वर्ष लगभग ८ मिलियन गाडी आयात गरेको थियो । मेक्सिको अमेरिकी बजारमा गाडी आपूर्ति गर्ने शीर्ष आपूर्तिकर्ता हो । दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनीले पनि अमेरिकामा कार निर्यात गर्ने गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com