अमेरिकामा प्यालेस्टाइनको समर्थनमा आन्दोलन गरेका ३०० विद्यार्थीको भिसा रद्द
प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार

अमेरिका प्रोप्यालेस्टाइन विद्यार्थीहरुका बिरुद्ध कठोर बन्दै गएको छ । विदेश मन्त्री मार्को रुबियोले अहिलेसम्म प्रोप्यालेन्टाइन ३०० विद्यार्थीको भिसा रद्द गरिएको जानकारी दिएका छन ।
विश्वविद्यालय तथा क्याम्पसहरुमा पढ्ने प्रोप्यालेन्टाइन विद्यार्थीहरु ३०० भन्दा बढीको भिसा रद्द गरिएको उनले बताए ।
यसलाई ट्रम्प प्रशासनको कडा कदमको एक भागको रूपमा उनले अर्थाए । प्रत्येक दिन ति विद्यार्थीहरुको भिसा रद्द भइरहेको उनले बताए ।
आप्रवासन अधिकारीहरूले टफ्ट्स विश्वविद्यालयमा अध्ययन गर्दै गरेका टर्कीका डोक्टोरल विद्यार्थी रुमेयसा ओजटर्कलाई पक्राउ गरेका बेला विदेशमन्त्री रुबियोको धारणा बाहिर आएको हो । यो पक्राउलाई विदेशमन्त्री रुबियोले समर्थन गरेका छन ।
अप्रिल २१ मा ओजटर्कको गिरफ्तारीको भिडियो भाइरल भएको थियो । भिडियोमा उनी मास्क लगाएका र साधारण पहिरनमा देखिन्थे । अधिकारीहरूले उनलाई बोस्टन, म्यासाचुसेट्स बाहिर एउटा अज्ञात कारमा लगेको भिडियोमा देखाइएको थियो ।
ओजटर्क फुलब्राइट स्कलर हुन् । उनी टफ्ट्समा चाइल्ड स्टडी र ह्युमन डेभलपमेन्ट कार्यक्रमका विद्यार्थी हुन् ।
रुबियोले विश्वविद्यालयहरूमा तोडफोड गर्ने, विद्यार्थीहरूलाई धम्क्याउने, भवनहरू कब्जा गर्ने र अशान्ति मच्चाउने र आन्दोलनमा भाग लिन आउन विद्यार्थीहरुलाई भिसा नदिने बताए ।
रुबियोले ३० वर्षीया ओजटर्कका विरुद्ध प्रोप्यालेन्टाइन विरोध प्रदर्शनहरूमा भाग लिएको आरोप छ ।
ट्रम्पका अधिकारीहरूले आप्रवासन र नागरिकता ऐनको प्रयोग गरिरहेको बताएका छन ।
यो ऐनले विदेश मन्त्रालयलाई विदेशी नीति र राष्ट्रिय सुरक्षा चासोको विरोध गर्ने गैर नागरिकलाई देशबाट निकाल्न अनुमति दिन्छ ।