म्यान्मा भूकम्प : थाइल्यान्डमा रहेका नेपाली सुरक्षित, कठिन अवस्थामा सम्पर्क गर्न आग्रह


प्रकाशित मिति : चैत्र १५, २०८१ शुक्रबार

थाइल्यान्डको बैंककस्थित नेपाल राजदूतावासले म्यानमारमा केन्द्रबिन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको भूकम्पले नेपालीहरूलाई क्षति नभएको जनाएको छ ।

थाइल्यान्डका लागि नेपाल राजदूत धनबहादुर वलीले भूकम्पले नेपालीलाई कुनै क्षति नपुर्‍याएको बताए । वलीले खसोखाससँग कुरा गर्दै अहिलेसम्म कुनै नेपालीलाई चोटपटक लागेको जानकारी नआएको जानकारी दिए । उनले भने, “अहिले सम्म कुनै नेपालीलाई चोटपटक लागेको जानकारी आएको छैन ।”

नेपाली राजदूतावासले भूकम्पबाट घाइते वा कठिन अवस्थामा रहेका नेपालीहरूले राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

दूतावासले राजदूत वलीको सम्पर्क नम्बर +६६९४३२१७४९०, प्रथम सचिव खगराज पाण्डे +६६८६९९१५५५५, प्रथम सचिव कुमार रेग्मी +६६८१६२३४५३४, तृतीय सचिव आकाश अधिकारी +६६८४६६०६०२९ र कार्यालय सचिव सुरज भक्त श्रेष्ठको सम्पर्क नम्बर +६६९९६५९८९६१ मा सम्पर्क गर्न समेत अपिल गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com