ग्रीनल्याण्डलाई असुरक्षित बनाएको भन्दै उपराष्ट्रपति भान्सद्वारा डेनमार्कको आलोचना


प्रकाशित मिति : चैत्र १५, २०८१ शुक्रबार

अमेरिकी उपराष्ट्रपति जे डी भान्सले डेनमार्कले ग्रीनल्याण्डलाई असुरक्षित बनाएको आरोप लगाएका छन ।

चीन र रूस द्वारा हुनसक्ने संभावित आक्रमणको लागि ग्रीनल्याण्डलाई डेनमार्कले असुरक्षित बनाएको भान्सले आरोप लगाएका हुन ।

उनले ग्रीनल्याण्डका नागरिकलाई अमेरिकासँग सम्झौतामा पुग्न आग्रह गरे । ५७ हजार जनसंख्या भएको यो टापुमा खनिज र तेलको विशाल भण्डार रहेको विश्वास गरिएको छ ।

आर्कटिक टापु भ्रमणको क्रममा भान्सले कि डेनमार्कले ग्रीनल्याण्डको सुरक्षा सुनिश्चित गर्न पर्याप्त लगानी नगरे ग्रीनल्याण्डका नागरिकलाई डेनमार्कसँगका सम्पर्क तोडर स्वतन्त्र हुन आग्रह गरे ।

जनवरीमा एक सर्वेक्षणमा ग्रीनल्याण्डका नागरिकको विशाल बहुमतले ग्रीनल्याण्डको संलग्नताको विरोध गरेका थिए । ग्रीनल्याण्डका प्रधानमन्त्रीले अमेरिकी भ्रमणले इज्जतको कमी देखाएको बताएका छन ।

डेनमार्कका राजा फ्रेडेरिकले पनि अमेरिकी योजनालाई अस्वीकार गरेका छन् । भेन्स र उनकी पत्नी उषा ग्रीनल्याण्डको भ्रमणमा पुगेका छन ।

भान्स र उनकी पत्नीले ग्रीनल्याण्डमा केही घण्टा मात्रै बिताएका छन । उनीहरुले ग्रीनल्याण्डको उत्तरमा पर्ने पिटुफिक स्पेस बेस, मिसाइल रक्षा केन्द्रको भ्रमण गरेका थिए । जुन राजधानी नुकीबाट करिब १ हजार ५०० किमी टाढा छ ।

भान्सले अमेरिकाले ग्रीनल्याण्डलाई डेनमार्कबाट बल प्रयोग गरेर कब्जा गर्ने योजना नबनाएको बताएका थिए ।

बरु उनले ग्रीनल्याण्डका नागरिकलाई आत्मनिर्णय अपनाउन र डेनमार्कसँगका सम्पर्कहरू तोड्न आग्रह गरे । उनले यो क्षेत्रको सुरक्षा सुनिश्चिताको लागि अमेरिकाले अग्रसरता देखाउन उनले स्पष्ट पारेका छन ।

भान्सले डेनमार्कको आलोचना गर्दै ग्रीनल्याण्डका नागरिकहरूको लागि राम्रो काम नगरेको बताए ।

भान्सको भ्रमणमा उनकी पत्नी उषा सहित अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र ऊर्जा सचिव क्रिस राइट पनि सहभागी थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com