अमेरिकामा प्रमुख खोप अधिकृतले दिए राजीनामा


प्रकाशित मिति : चैत्र १५, २०८१ शुक्रबार

three people inside factory wearing masks and coats

खाद्य र औषधि प्रशासन एफडीए का प्रमुख खोप अधिकारी ले राजीनामा दिएका छन । प्रमुख खोप अधिकारी डा पीटर मार्क्सले दबाबमा आफ्नो पदबाट राजीनामा दिएको बताएका छन ।

स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरको खोपसम्बन्धी आक्रामक बुझाई लाई गैरजिम्मेवार र जनताको लागि खतरा भएको पीटर माक्र्सले बताएका छन् ।

इमान्दारीता र पारदर्शिता स्वास्थ्य मन्त्रीको इच्छामा नरहेको भन्दै उनले मन्त्रीले गलत सूचना र झुटलाई पुष्टि गर्न खोजिरहने भन्दै मन्त्रीको माक्र्सले आलोचना गरेका छन ।

डा मार्क्सलाई शुक्रबार स्वास्थ्य र मानव सेवा मन्त्रालयमा बोलाइएको थियो । मन्त्रालयमा पुगेका माक्र्सलाई राजीनामा नदिए निकाल्ने चेतावनी दिइएको बताइएको छ ।

डा मार्क्सले खोपहरूको सुरक्षा अनुमोदन र निगरानी गरेका गर्दै आएका थिए । साथै उनले कोशिका र जीन उपचारहरूलाई पनि निगरानी गरेका थिए ।
उनलाई कोभिड महामारीको बेला धेरैले स्थिर नेतृत्वका रूपमा प्रशंसा गरेका थिए ।

तर उनीको आलोचना गर्नेहरु पनि कम छैनन । उनको एफडीए को खोप कार्यक्रमको निरन्तर निगरानीले नयाँ स्वास्थ्य मन्त्रीसँग टकराव उत्पन्न गराएको देखिन्छ ।

जबदेखि केनेडी फेब्रुअरी १३ मा शपथ लिएका स्वास्थ्यमन्त्री केनेडीले खोप नीतिका लागि केहि निर्देशन जारी गरेका छन् ।

आफ्नो शक्तिशाली सरकारी अधिकारको उपयोग गरेर खोपलाई हानिकारक प्रमाणित गर्ने लामो समयको अभियानलाई अघि बढाउन स्वास्थ्य मन्त्री तल्लिन रहेको डाक्टर माक्र्सले आरोप लगाएका छन ।

यद्यपि खोपहरूले विश्वभरका लाखौं मानिसहरु जोगाउनका लागि ठूलो टेवा पुराइरहेका छन ।

डा मार्क्सले खस्रे रोगका कारण अफ्रिका र एशियामा १ लाख भन्दा बढी खोप नलगाएका बालबालिकाको मृत्यु भएको थियो ।

डा मार्क्सले मन्त्री केनेडीका खोप सुरक्षा र पारदर्शिता सम्बन्धी चिन्ताहरूलाई सार्वजनिक बैठकहरू मार्फत र राष्ट्रिय विज्ञान, इन्जिनियरिङ र चिकित्सा एकेडेमीहरूसँग मिलेर समाधान गर्न तयार रहेपनि अस्वीकार गरिएको बताएका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com