ट्रम्पको अदालतमा निवेदन : आप्रवासीलाई बिना अवरोध डिर्पोट गर्ने अधिकार देउ


प्रकाशित मिति : चैत्र १६, २०८१ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विना कुनै अवरोध आप्रवासीहरुलाई डिर्पोट गर्न दिन अदालत समक्ष माग गरेका छन ।

उनले सर्वोच्च अदालतमा अस्थायी न्यायिक आदेशलाई उल्ट्याउन र आप्रवासीहरूलाई सुनुवाइ नगरी डिर्पोट गर्न अनुमति दिन माग गरेका छन् ।

उनले लगभग ३०० भेनेजुएलन आप्रवासीलाई एल साल्भाडोरमा रहेको मेगा जेलमा पठाए पछि अदालत समक्ष यो माग गरेका हुन ।

यद्यपि यो निवेदनले राष्ट्रपति संगै राष्ट्रियतामा आधारित मानिसहरूलाई निष्कासन गर्नको लागि सर्वोत्तम अधिकार भएको दाबी गर्दछ ।

बुधबार संघीय अपिल अदालतले मार्च १५ मा अमेरिकी डिस्ट्रिक्ट जज जेम्स बोआसबर्ग द्वारा लगाइएको अस्थायी प्रतिबन्धको आदेशलाई कायम राखेको थियो ।

ट्रम्प प्रशासनले आप्रवासी निष्कासनलाई उचित ठान्नको लागि १७९८ को एलियन एनेमीज ऐनको प्रयोग गरिरहेको छ । द्वितीय विश्वयुद्धको बेलामा जापानी नागरिकको लागि पनि यो प्रयोग गरिएको थियो।

सर्वोच्च अदालत ट्रम्पको पहिलो कार्यकालको समयमा नियुक्त गरेका तीनवटा रूढिवादी न्यायाधीशहरूको नियन्त्रणमा रहेको छ ।

ती न्यायाधीशहरू कत्तिको ट्रम्पको कानून विरुद्धको अपारदर्शिता सहन गर्नेछन् भन्ने स्पष्ट छैन ।

एलियन एनेमीज ऐनले राष्ट्रपति युएससँग युद्धमा संलग्न भएका देशका नागरिकहरूलाई जन्मस्थानको आधारमा गिरफ्तार वा निष्कासन गर्न अनुमति दिन्छ।

भेनेजुएलासँग अमेरिका युद्धमा संलग्न भएको कुनै प्रमाण छैन । यो कानून विदेशी जासूसी र युद्धकालीन विध्वंसको खतराबाट रोक्नका लागि लागू गरिएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com