म्यान्माको भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २ हजार नजिक


प्रकाशित मिति : चैत्र १६, २०८१ शनिबार

म्यान्माको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या बढी रहेको छ । पछिल्लो विवरण अनुसार भूकम्पमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ६४४ पुगेको छ ।

विवरण अनुसार भूकम्पले ३ हजार ४०८ जनालाई घाइते बनाएको छ ।

खोजी तथा उद्धार कार्य जारी रहेको ले मृतक र घाइतेको संख्याको अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

मध्य म्यान्माको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्प आएपछि धेरै क्षति भएको अधिकारीहरुले बताएका छन ।

भूकम्पले म्यान्मामा भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसहरूको घरमा क्षति पुगेको थियो ।

भूकम्पको कारण बैङ्ककमा थप १० जनाको मृत्यु भएको छ । कम्तीमा १०० जना हराइरहेको पुष्टि भएको छ ।

भुकम्पका कारण सञ्चार प्रणाली अवरुद्ध भएपछि वास्तविक तथ्याङ्क सरकारले सार्वजनिक गरिरहेको छ ।

विमानस्थल तथा सडकहरु बन्द रहेकाले राहत तथा उद्धार सामाग्री पुराउने काममा समेत समस्या भइरहेको जनाइएको छ ।

म्यान्माको सैनिक सरकारले सहयोगको लागि अन्तर्राष्ट्र्रिय समूदायसँग अपिल गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com