यूएसएआईडीलाई पुनर्गठन गर्ने ट्रम्प प्रशासनको तयारी


प्रकाशित मिति : चैत्र १६, २०८१ शनिबार

अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था यूएसएआईडीलाई पुनर्गठन गरिने भएको छ । यूएसआईडीलाई प्रभावकारी रुपमा ‘पुनर्गठन’ गर्ने घोषणा ट्रम्पको प्रशासनले गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतृत्व सम्हाले पछि एलन मस्कको नेतृत्वमा रहेको दक्षता विभागले यूएसएआईडीलाई निशाना बनाउर्दै ८० प्रतिशत कार्यक्रम बन्द गराएको छ । त्यहाँ कार्यरत अधिकांश कर्मचारीलाई अवकास दिइएको छ ।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले विज्ञप्ति जारी गर्दै विदेश मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसएआईडीले सन् २०२५ को जुलाई १ सम्ममा पुर्नगठन हुने बताएका हुन ।

यूएसएआईडीका केही कामहरु पुनः समेट्ने गरी पुनर्गठन गर्ने आफ्नो आशयबारे कङ्ग्रेसलाई रुबियोले सूचित गरेका छन ।

विदेश मन्त्रालयले प्रशासनको प्राथमिकतासँग मेल नखाने यूएसएआईडीका बाँकी कामहरू भने बन्द गर्ने योजना बनाएको विदेश मन्त्री रुबियोले जानकारी दिए ।

यूएसएआईडीका कार्यक्रमहरु लागत बढी तर लाभ कम हुने खालका भएकाले यसलाई कटौती गर्नु परेको उनले दावी गरेका छन ।

सन् १९६१ मा अमेरिकी कङ्ग्रेसले सिर्जना गरेको स्वतन्त्र एजेन्सीमाथि सहायता रोक्काले स्तब्ध र निराश बनाएको भन्दै धेरैले विरोध गरेका छन ।

विदेश सम्बन्धसम्बन्धी समितिमा सिनेटका डेमोक्र्याट सांसद्हरूले पुनर्गठनले यूएसएआईडीका कुनै पनि कार्यक्रमहरू कार्यान्वयन गर्न असम्भव बनाउने भन्दै आलोचना गरेका छन ।

तर विदेश मन्त्रालयमाथि थोपरिएको बोझले यसको मूल लक्ष्यमा विशेष व्यवधान निम्त्याउने उनीहरुको दावी रहेको छ ।

बन्द हुनुअघि यूएसएआईडीले करिब ४३ बिलियन अमेरिकी डलरको वार्षिक बजेट व्यवस्थापन गर्ने गरेको थियो । यो रकम विश्वको मानवीय सहायताको ४० प्रतिशतभन्दा बढी हो ।

कर्मचारीहरूलाई पत्रमार्फत कानुनले आवश्यक नपरेका सबै रोजगारी हटाउने योजनाबारे जानकारी गराएको बताइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com