अफगानिस्तानमा पक्राउ परेकी अमेरिकी महिला रिहा
प्रकाशित मिति : चैत्र १६, २०८१ शनिबार

अफगानिस्तानमा तालिबानको नियन्त्रणमा रहेकी अमेरिकी नागरिकलाई रिहा गरिएको छ ।
अमेरिकी नागरिक फे हाँललाई तालिबान सरकारले रिहा गरेको हो । उनलाई २ महिनाअघि पक्राउ गरिएको थियो ।
अमेरिकाले सन २०१८ देखि २०२१ सम्म विशेष दूतको रुपमा नियुक्त गरेका जाल्मे खलीलजदले २ महिना देखि थुनामा रहेकी फे हाँल रिहा भएको जानकारी दिएका हुन ।
रिहा भएकी हाँल छिटै अमेरिका फर्कने उनले बताए । उनलाई अहिले कतारका अधिकारीहरुको हेरचाहमा राखिएको छ । उनी सँगै ब्रिटिस जोडी पनि पक्राउ परेको थियो ।
अफगान अधिकारीहरूले उनीहरूको गिरफ्तारीको कारण सार्वजनिक गरेका छैनन् । फे हॉललाई काबुलको केन्द्रीय बाम्यान प्रान्ततर्फ यात्रा गर्दा गिरफ्तार गरिएको थियो।
अमेरिका र अफगानिस्तान बीचको मध्यस्थको भूमिका यो घटनामा कतारले निभाएको थियो । अमेरिकी विदेश मन्त्रालयलले कुनै प्रतिकृया दिएको छैन ।
फे हॉल यो वर्ष जनवरीदेखि अहिलेसम्म तालिबान द्वारा रिहा गरिएकी चौथो अमेरिकी नागरिक हुन् ।
कतारले उनीहरूलाई रिहा गर्न सम्झौता गरेको थियो । केही दिनअघि दुई बर्षदेखि थुनामा रहेका अमेरिकी नागरिक जर्ज ग्लेजम्यान रिहा भएका थिए ।
अमेरिकी नागरिकहरुलाई मुक्त गर्ने निर्णयहरू अमेरिकी अधिकारीहरूको अफगानिस्तानको काबुलमा आयोजना गरिएको उच्चस्तरीय प्रत्यक्ष वार्तालापहरूको पछि भएका छन ।
अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भइरहँदा केहि वर्ष पहिला काबुल विमानस्थलमा बम हमला भएको थियो । यस हमलामा कम्तिमा १७० अफगान नागरिक र १३ अमेरिकी सैनिक मारिएका थिए ।