म्यान्मामा भूकम्प प्रभावितको उद्धार चल्दै, विद्रोही बिरुद्ध सैन्य सरकारको आक्रमण जारी


प्रकाशित मिति : चैत्र १७, २०८१ आईतबार

भूकम्पले आक्रान्त बनेको म्यान्मामा सैनिक शासनले विद्रोहीका बिरुद्ध भने हवाई हमला जारी राखेको छ । भूकम्पका कारण म्यान्मा करिब १७०० को ज्यान गएको छ ।

तर त्यहाँको सैनिक शासनले देशका विभिन्न भागमा बमहरु खसाली रहेको देखिन्छ । संयुक्त राष्ट्रसंघले सैनिक सरकारको पछिल्लो गतिविधिलाई अकल्पनीय र अस्वभाविक भन्दै निन्दा गरेको छ ।

भूकम्पले मानिसहरूलाई उद्धार गर्न प्रयास गर्दा बमहरू खसाल्नु अचम्मको कुरा हो राष्ट्रसंघले भनेको छ । उत्तरको शान राज्यको नाउँचो क्षेत्रमा भएको हवाई हमलामा सात जनाको मृत्यु भएको छ । यो हमला भूकम्प गएको तीन घण्टा नबित्दै भएको थियो ।

लोकतन्त्रका पक्षधर विद्रोही समूहहरूले सैनिक सरकारलाई हटाउन विद्रोह गरिरहेका छन । भूकम्पको केन्द्रीय क्षेत्र पश्चिमी सगाइनको चाङ यू टाउनसिपमा सैन्य सरकारले हवाई बमबारी गरेको आरोप लगाएका छन ।

थाइल्यान्डको सीमा नजिकका क्षेत्रहरूमा पनि हवाई हमलाका भएका समाचार बाहिर आएका छन । सशस्त्र बलले भूकम्पबाट प्रभावित क्षेत्रहरूमा रक्षात्मक कार्यहरू बाहेक दुई हप्ताको लागि आक्रामक सैन्य अपरेशन्स रोक्ने निर्णय गरेको छ ।

सगाइनमा ७।७ म्याग्निच्यूडको भूकम्पले छिमेकी देशहरूमा पनि असर गरेको थियो । यसपछि म्यानमारको दोस्रो ठूलो शहर मण्डाले र राजधानी नय पि तावबाट समेत विनाशका खबरहरु आएका छन ।

सन २०२१ मा भएको सैनिक विद्रोह पछि त्यहाँ सैनिक शासन सुरु भएको थियो । विरोधमा लाखौँ मानिसहरू सडकमा उत्रिएका थिए । उनीहरुले नागरिक शासनको पुनर्स्थापना मागेका थिए।

नागरिक अवज्ञा अभियानको रूपमा सुरु भएको यो आन्दोलन पछि विद्रोहमा परिणत भएको थियो । जसले अन्ततः गृहयुद्धको रूप लिएको छ ।

चार वर्ष देखि सैनिक र जातीय सेनाहरू र सशस्त्र प्रतिरोध समूहहरूको बीच हिंस्रक लडाइँ जारी छ ।

सैनिक शासकले निरन्तर पराजय भोगेको छ । ठूला क्षेत्रहरू गुमाएको छ । अब प्रतिरोधलाई नष्ट गर्न हवाई हमलाहरूमा भर पर्न थालेको देखिन्छ ।

सगाइन क्षेत्रका ठूला भागहरू अहिले प्रजातान्त्रिक प्रतिरोध समूहहरूको नियन्त्रणमा छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com