गाजामा ठूलो सैन्य कारबाही विस्तार गर्ने इजरायको घोषणा, ‘विशाल क्षेत्र’ कब्जा गर्ने चेतावनी


प्रकाशित मिति : चैत्र २०, २०८१ बुधबार

इजरायली रक्षामन्त्री इजरायल काट्जले बुधबार गाजामा ठुलो सैन्य कारबाही विस्तारको घोषणा गर्दै सेनाले प्यालेस्टिनी क्षेत्रको ‘विशाल क्षेत्र’ कब्जा गर्ने बताएका छन् ।

हमासले प्रयोग गर्ने पूर्वाधारलाई नष्ट गरी इजरायलले गाजामा आफ्नो उपस्थिति विस्तार गर्ने तयारी रहेको उनले घोषणा गरेका हुन् ।

“आतङ्कवादी तथा यसले प्रयोग गर्ने पूर्वाधारलाई नष्ट गरी इजरायलले गाजामा आफ्नो उपस्थिति विस्तार गर्ने तयारी रहेको घोषणा” रक्षा प्रमुखले विज्ञप्तिमार्फत जानकारी गराए ।

विस्तारित सुरक्षा कारबाहीले ‘इजरायलले नयाँ क्षेत्रहरू कब्जा गर्ने विश्वास उनले व्यक्त गरेका छन् । गत हप्ता नै सेनाले थप भागहरूमा चाँडै कब्जा गर्ने चेतावनी दिएको थियो ।

इजरायलले मार्च १८ मा गाजामा पुन: आक्रमण गरेपछि हमाससँगको युद्धमा लगभग दुई महिनाको युद्धविरामको अन्त्य गर्दै नयाँ आक्रमण सुरु गरेको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com