अमेरिकाले इरान नजिकैको टापुमा बमबर्षक विमान पठाएपछि तनाव बढ्नेमा चिन्ता
प्रकाशित मिति : चैत्र २१, २०८१ बिहीबार

अमेरिकाले बमबर्षक विमान भारतीय महासागरमा पठाएको छ । बि टू नामक बम बर्षक ६ वटा विमान भारतीय महासागरको डिएगो गार्सिया टापुमा पठाएको पेन्टागनले बताएको छ ।
इरानसँग अमेरिकाको तनाव बढीरहेको बेला अमेरिकाले बमबर्षक विमान त्यसतर्फ पठाउनुलाई मध्य पूर्वमा युद्धको संभावना पुन बढेको अनुमान गर्न सकिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रक्षा मन्त्री पीट हेगसेथले इरान र उसका समर्थकका विरुद्ध थप कारवाहीको चेतावनी दिएपछि अमेरिकाले पछिल्ला कदम चालेको देखिएको छ ।
अमेरिकी जेटहरूले यमनमा इरान समर्थित हूथी विद्रोहिहरूलाई आक्रमण गरिरहेका छन । प्लानेट ल्याब्सले मंगलबार लिएका तस्विरहरूले ६ वटा अमेरिकी बमबर्षक विमान टापुमा रहेको तामरकमा देखाएको छ ।
त्यहाँ अन्य विमानहरू लुकाउन सकिने सम्भावित शेल्टरहरू पनि देखिएका छन् । ट्यांकर र मालवाहक विमानहरू पनि एयरबेसमा देखिएका छन ।
यो अमेरिकी र बेलायतको बेस हो । यो बेस इरानको दक्षिणी तटबाट ३ हजार ९०० किलोमिटर टाढा रहेको छ ।
प्लानेट ल्याब्सका तस्विरहरू २९ मार्च २०२५ मा खिचिएका हुन भनिएको छ । डिएगो गार्सिया एयर बेसमा चार वटा बि टु विमान र छ वटा समर्थन विमानलाई तामरकमा देखाएको हो ।
विमानको बारेमा प्रत्यक्ष रूपमा केही नभने पनि पेन्टागनका प्रवक्ताले अमेरिकी सैन्य क्षेत्रको सुरक्षा स्थिति सुधार गर्नका लागि थप विमान र अन्य हवाई उपकरण पठाइएको बताएका छन ।
ट्रम्पले मार्च महिनाको मध्यमा हूथी विद्रोहिहरूका विरुद्ध सैन्य कारवाही तीव्र पार्ने घोषणा गरेका थिए ।
कारवाहीमा अहिलेसम्म कम्तिमा ५३ व्यक्तिहरू मारिएका छन । १०० भन्दा बढी घाइते भएका छन । हूथी नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणहरू जारी रहेका छन् ।