अमेरिकामा आयात हुने गाडीमा २५ प्रतिशत कर लागू
प्रकाशित मिति : चैत्र २१, २०८१ बिहीबार

अमेरिकामा आयात हुने गाडीहरुमा लगाइने घोषणा गरिएको कर बिहिबारदेखि लागू भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने कारमा २५ प्रतिशत कर लगाउने घोषणा यसअघि गरेका थिए ।
यो कर आयात हुने नयाँ गाडीहरुमा लाग्नेछ । विशेषज्ञहरुले आयात करले गाडीको मूल्यमा हजारौं डलरको वृद्धि गर्न सक्ने चेतावनी दिएका छन ।
अमेरिकामा गएको वर्ष खरिद गरिएका १६ मिलियन गाडीमध्ये आधा गाडीहरू आयात गरिएको थियो ।
अमेरिकी प्रशासनले यो करलाई अमेरिकी राष्ट्रिय सुरक्षा र आर्थिक शक्ति बचाउनको लागि चालिएको कदमको रूपमा प्रस्तुत गरेको छ ।
अमेरिकी गाडी उद्योगले वाहिरबाट हुने अत्यधिक आयातले क्षतिको सामना गर्नुपर्ने अवस्था आएकाले कर लगाउनु परेको राष्ट्रपति ट्रम्पले बताएका छन ।
विशेषज्ञहरूले अमेरिकी ग्राहकहरूले विदेशी गाडीहरूको मूल्यमा उच्च वृद्धि भएको देख्न पाउने बताएका छन ।
वृद्धि गरिएका करहरूको असर उपभोक्तासम्म पुग्नेछ । आयात करले गाडीहरूको मूल्य पनि बढाउन सक्छ।
अमेरिकामा आयात हुने अटो पार्ट्समा पनि २५ प्रतिशत कर लागू गर्ने तयारी छ । यसमा इन्जिन र इलेक्ट्रिकल सामानहरू पनि समावेश छन्।