इजरायली प्रधानमन्त्रीले भने – बन्धक फिर्ता नभएसम्म गाजामा दबाब जारी रहन्छ
प्रकाशित मिति : चैत्र २१, २०८१ बिहीबार

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पूर्वाधार र प्रमुख कोरिडोरलाई लक्षित गरी इजरायली सेना (आईडीएफ)ले गाजामा कारबाही तीव्र बनाएको बताउनुभएको छ ।
सामाजिक सञ्जाल एक्समा भिडियो सम्प्रेषण गर्दै नेतान्याहूले गाजामा आईडीएफले करिडोर नियन्त्रण गरेको र आतङ्ककारीमाथि आक्रमण र पूर्वाधार नष्ट गरिरहेको बताएका छन् ।
उनले भनेका छन्, “हामी अर्को कुरा पनि गर्दैछौंः हामी मोराग करिडोर कब्जा गर्दैछौं । यो एक अतिरिक्त फिलाडेल्फिया कोरिडोर अर्थात् दोस्रो फिलाडेल्फिया हुनेछ ।”
नेतन्याहूले गाजामाथिको दबाब जारी रहने पनि बताएका छन् । बन्धकहरू फिर्ता नभएसम्म गाजामाथि दबाब बढ्दै जाने पनि उनले बताए ।
उनले गाजालाई विभाजन गर्न चरणबद्ध रूपमा दबाब बढाइ बन्धकहरू फिर्ता लिने विश्वास व्यक्त गर्दै बन्धक फिर्ता नगरेसम्म दबाब बढिरहने चेतावनी दिए । नेतन्याहूले प्रभु र सैनिकहरूको सहयोगमा बन्धकहरू फिर्ता ल्याउने धारणा प्रस्तुत गरे ।
सोमबार इजरायली संसद्ले सर्वसम्मतिले गाजाका सीमावर्ती समुदायमा आर्थिक, पूर्वाधार र सामाजिक विकासका लागि १.३ अर्ब अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ । सहयोग स्वीकृतको पक्षमा ३७–० परेको हो ।