ग्रीनल्याण्डलाई कब्जा गर्ने अधिकार अमेरिकालाई नरहेको डेनमार्कको भनाई


प्रकाशित मिति : चैत्र २१, २०८१ बिहीबार

ग्रीनल्यान्डलाई डेनमार्कले अमेरिकालाई हस्तान्तरण नगर्ने प्रष्ट पारेको छ । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले आर्कटिक टापुमा भ्रमणको क्रममा यो धारणा सार्वजनिक गरेकी हुन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई नियन्त्रणमा लिने धम्की दिइरहेको बेला फ्रेडरिकसेनले अरुको देशलाई कब्जा गर्ने अधिकार अमेरिकालाई नरहेको बताइन ।

उनले सुरक्षा क्षेत्रमा नजिकको सहकार्य प्रस्ताव भने उनले गरेकी छन । फ्रेडरिकसेन ग्रीनल्यान्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक नील्सन र उनका पूर्ववर्ती मुते एगेडेसँग उभिएर गीनल्याण्डलाई हत्तान्तरण नगरिने बताइन ।

गत हप्ता अमेरिकाकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा भएको अमेरिकी प्रतिनिधिमण्डलको विवादास्पद भ्रमण पछाडि उनको भ्रमण भएको हो । ग्रीनल्यान्ड र डेनमार्कमा भान्सको भ्रमणको आलोचना गरिएको थियो ।

भान्सले भ्रमणको क्रममा ट्रम्पको ग्रीनल्यान्डलाई अमेरिकाको नियन्त्रणमा ल्याउने इच्छालाई दोहोर्याएका थिए ।

उनले डेनमार्कलाई क्षेत्रीय सुरक्षा खर्चमा थप ध्यान दिन आग्रह पनि गरेका थिए । ग्रीनल्यान्डका लागि डेनमार्कले सार्वजनिक रूपले राम्रो काम नगरेको पनि भान्सले आरोप लगाएका थिए ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बेल्जियमको ब्रस्सेल्समा डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसनसँग भेट गरेका छन ।

भेटका क्रममा अमेरिका र डेनमार्क बीचको बलियो सम्बन्धको कायम गर्ने गरि छलफल भएको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।

रासमुसनले अमेरिकी विदेश मन्त्री रुबियोले ग्रीनल्यान्डको आत्मनिर्णयको अधिकारलाई स्वीकार गरेको बताएका छन ।

फ्रेडरिकसेनले डेनमार्क आर्कटिक क्षेत्रमा आफ्नो सैन्य उपस्थिति सुदृढ गर्दै गरेको बताइन । अमेरिकासँग सुरक्षा क्षेत्रमा नजिकको सहकार्य प्रस्ताव पनि डेनमार्कले गर्ने उनले बताइन ।

धेरै मानिसहरूले डेनमार्ककी प्रधानमन्त्रीलाई स्वागत गरेका बताइएको छ । ग्रीनल्याण्ड टापुले ८० वर्षभन्दा बढी समयदेखि अमेरिकासँग सुरक्षा क्षेत्रमा सहकार्य गरेको छ ।

१९५१ मा डेनमार्क र अमेरिकाबीचको सम्झौतामा पिटुफिक स्पेस बेसको निर्माण गर्ने उल्लेख रहेको थियो ।

ट्रम्पले पहिलो कार्यकालमा ग्रीनल्यान्ड किन्ने धारणा प्रस्तुत गरेका थिए । पछिल्लो कार्यकालको सुरुवात मै टापुलाई अमेरिकी स्वामित्वमा ल्याउने आफनो इच्छा रहेको उनले बताउदै आएका छन ।

ग्रीनल्यान्ड संसारको सबैभन्दा ठूलो टापु हो । आर्कटिक र एटलान्टिक महासागर बीचमा यो रहेको छ । लगभग ३०० वर्षदेखि यो टापु डेनमार्कको नियन्त्रणमा रहेको छ ।

ग्रीनल्यान्डले आफ्ना आन्तरिक मामिलाहरूमा स्वायत्तता राखेको बताएपनि विदेश नीति र सुरक्षा निर्णयहरू डेनमार्कमा तय गरिन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com