राष्ट्रपति ट्रम्पले नयाँ करको घोषणा गरेपछि विश्व सेयर बजारमा ठूलो गिरावट


प्रकाशित मिति : चैत्र २१, २०८१ बिहीबार

विश्व सेयर बजारमा ठूलो गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले नयाँ करको घोषणा गरेपछि सेयर बजारमा उच्च गिरावट आएको हो । यो गिरावट सन २०२० पछिको उच्च रहेको बताइएको छ ।

आयात करका कारण मूल्यहरू बढ्ने र यसको प्रभाव अमेरिका र वैदेशिक आर्थिक विकासमा पर्ने अनुमान पछि सेयर बजारमा उच्च गिरावट आएको हुनसक्ने विश्लेषकहरुले अनुमान गरेका छन ।

एशिया प्रशान्त क्षेत्रका शेयर बजारहरूमा दोस्रो दिन पनि गिरावट जारी रहेको देखिन्छ । अमेरिकी मार्केट इन्डेक्सका लागि यो वर्ष २०२० पछि आएको सबैभन्दा खराब दिनको रुपमा चित्रित भएको छ ।

कोभिड १९ का कारण विश्वव्यापी अर्थतन्त्र ध्वस्त भएको थियो । नाइकी, एप्पल र टारगेट कम्पनीका स्टकहरूमा सबैभन्दा धेरै असर परेको देखिएको छ । ती कम्पनीका शेयरमा ९ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

शेयर बजार सूचकांकको रुपमा रहेको एस एन्ड पी ५०० ले अमेरिकाका प्रमुख ५०० कम्पनीहरूको स्टक कारोवारलाई ट्र्याक गर्ने गरेको छ ।

व्हाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रंपले विदेशी आयातमा १० प्रतिशतको कर लगाउने योजना सार्वजनिक गरेका थिए । आयात करले अमेरिकी अर्थव्यवस्थामा उछाल आउने र संघीय राजस्वमा वृद्धि हुने अपेक्षा राष्ट्रपति ट्रम्पले गरेका छन ।

तर, चीन र युरोपियन युनियनले आयात करको विरोध गर्दैै प्रतिरोध कर लागू गर्ने चेतावनी दिएका छन ।

उनीहरुले कुन वस्तुमा कति प्रतिरोध कर लगाउने भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com