रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश


प्रकाशित मिति : चैत्र २२, २०८१ शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएका छ ।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले पूर्व गृहमन्त्री लामिछानेलाई जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो ।

रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए ।

न्यायाधीश ढकाल र पराजुलीको संयुक्त इजलासले शुक्रबार बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसुर र सङ्गठित अपराध सम्बन्धी मुद्दामा जिल्लाको आदेश उल्टाएको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com