जाजरकोट केन्द्रबिन्दु भएर दुई पटक भूकम्पको धक्का


प्रकाशित मिति : चैत्र २२, २०८१ शुक्रबार

जाजरकोटको कुशे गाउँपालिकाको पैङ्क आसपास केन्द्रबिन्दु भएर आज साँझ दुई पटक भूकम्पको धक्का महसुस भएको छ ।

प्रथम पटक ०८ः०७ बजे ५ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिम्लिसेनाले जानकारी दिए ।

त्यसैगरी दोस्रो भूकम्प पनि सोही केन्द्रबिन्दु भएर ०८ः१० बजे ५ दशमलव ५ म्याग्निच्युडको भूकम्पको धक्का गएको उनले बताए ।

(तस्बिर फाइल)

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com