ग्रीनल्याण्डलाई चीनमा निर्भर हुन नदिने अमेरिकाको भनाई
प्रकाशित मिति : चैत्र २२, २०८१ शुक्रबार

अमेरिकाले ग्रिनल्यान्डलाई चीनमा निर्भर हुन नदिने बताएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले ग्रीनल्याण्डवासीको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्ने बताए ।
तर उनले स्रोत–सम्पन्न स्वायत्त डेनिस क्षेत्रलाई चीनमा निर्भर हुन नदिने स्पष्ट पारे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा कारणहरूका लागि आर्कटिक द्वीप कब्जा गर्न चाहेको बारम्बार बताउँदै आएका छन ।
ट्रम्पको भनाइले अमेरिकाको दीर्घकालीन मित्र र नेटो सदस्य डेनमार्कलाई भने क्रोधित बनाएको छ ।
ब्रसेल्समा नेटोका विदेशमन्त्रीहरूसँगको बैठकपछि रुबियोले चीनलाई भित्र आउन नदिन अमेरिकाले प्रयत्न गर्ने बताए ।
ग्रीनल्यान्डको ५७ हजार जनसङ्ख्याको बहुमत डेनमार्कबाट स्वतन्त्र हुन चाहेको तर अमेरिकाको हिस्सा बन्न भने नचाहेको जनमत सर्वेक्षणले देखाएको छ ।
गत हप्ता टापुको भ्रमणका क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले ‘ग्रीनल्यान्डवासीहरूको आत्मनिर्णयलाई सम्मान गर्ने कुरा स्पष्ट पारेको रुबियोले बताए ।
गीनल्याण्ड र डेनमार्कले भ्रमणलाई उक्साहटको रूपमा आलोचना गरेका थिए ।
रुबियोले नेटो वार्ताको साइडलाइनमा भएको बैठकपछि, दुई देशबीचको ‘बलियो’ सम्बन्धबारे आफ्ना डेनिश समकक्षीलाई आश्वासन दिएका बताइएको छ ।