रुसले युक्रेनमा गरेको पछिल्लो हमलामा ९ बालबालिकासहित १८ को मृत्यु


प्रकाशित मिति : चैत्र २२, २०८१ शुक्रबार

रुसले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा परेर ९ बालबालिकासहित १८ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन ।

रूसीले युक्रेनी शहर क्रिवी रिहमा मिसाइल आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले १८ मृतक मध्ये ९ जना बालबालिका रहेको बताएका छन । स्थानीय अधिकारीहरूले रुसले प्रहार गरेको एउटा ब्यालिस्टिक मिसाइलले आवासीय क्षेत्रमा निशाना बनाएको बताए ।

रूसको रक्षा मन्त्रालयले बैठकमा भाग लिइरहेका एकाइका कमाण्डर र पश्चिमी प्रशिक्षकहरूलाई लक्षित गरेको दावी गरेको छ । आक्रमणमा ८५ जनाको ज्यान गएको बताएको छ ।

रुसले गरेको दावीलाई युक्रेनले पुष्टि गरेको छैन । रुसले पनि दावीलाई पुष्टि गर्ने खालका प्रमाण उपलव्ध गराएको छैन ।

युक्रेनको सेनाले रूसले झूठा सूचना फैलाएर आफ्नो सिनिकल अपराध लुकाउन चाहेको आरोप लगाएको छ ।

रूसले इस्कान्डर एम ब्यालिस्टिक मिसाइल प्रहार गरेर धेरै मानिसलाई मार्न खोजेको युक्रेनले आरोप लगाएको छ ।

शुक्रबार साँझ भएको यो आक्रमण क्रिवी रिहमाथि २०२२ मा रूसले सुरु गरेको आक्रमण पछिको सबैभन्दा घातक आक्रमणमध्ये एक हो ।

जेलेंस्कीले आक्रमणबाट आक्रमणमा पाँचवटा भवन क्षति पुगेको बताएका छन । उनले पछिल्लो घातक आक्रमणले रुस युद्धविराम चाहदैन भन्ने पुष्टि भएको बताए ।

बेलायत र फ्रान्सका सैन्य प्रमुखहरूले युक्रेनी शान्ति सम्झौतामा विदेशी शान्ति सैनिकलाई युक्रेनमा तैनाथ गर्ने योजनाबारे छलफल गरेको राती नै रुसले घातक आक्रमण गरेको हो ।

क्रिवी रिह यसै हप्ता भएको हमलामा ४ जनाको मृत्यु भएको थियो । अमेरिकाले राष्ट्रपति पुटिनले युद्धविरामको निर्णय १ महिना भित्रमा लिने बताएको छ ।

तर फ्रान्स र बेलायतले रूसलाई शान्ति सम्झौतामा ढिलाइ गरिरहेको बताएका छन ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसले शान्तिप्रति प्रतिबद्धता व्यक्त गरेको छ या ढिलाई गरिरहेको छ भन्ने छिटै पत्ता लाग्ने बताएका छन ।

क्रिवी रिह पूर्वी युक्रेनको सीमामा ७० किलोमिटर टाढा रहेको शहर हो । यसको जनसंख्या ६ लाख रहेको छ । यो युरोपको सबैभन्दा लामो शहरको रूपमा प्रसिद्ध छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com