म्यान्माका भूकम्प पिडितलाई सहयोग गर्न धनी देशहरुलाई अमेरिकाको आग्रह
प्रकाशित मिति : चैत्र २२, २०८१ शुक्रबार

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले म्यान्माको भूकम्पमा अमेरिकाले सहयोग नगरेको भन्ने आरोपलाई अस्वीकार गरेका छन् ।
कतिपयले डोनाल्ड ट्रम्प प्रशासनको मानवीय सहायता एजेन्सी युएसएआईडी बन्द गर्ने निर्णयले सहयोगमा बाधा उत्पन्न भएको बताएका थिए ।
रुबियोले भनेका छन अमेरिकाले सहयोग गर्नुपर्ने ठाँउमा सहयोग गरेको छ ।
उनले भनेका छन सरकारको सरकार अमेरिका होइन भन्ने तथ्यलाई बुझ्न पनि आग्रह गरेका छन ।
अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी युएसएआईडीका पूर्व अधिकारीहरूले एजेन्सी बन्द हुँदा अमेरिकाले म्यान्मामा उद्धारकर्मी र कुकुरहरू पठाउन नसकेको बताएका थिए ।
रुबियोले अमेरिका विश्वव्यापी मानवीय उद्धार कार्यलाई अन्य आवश्यकता र प्राथमिकताहरू सँग सन्तुलन राख्नुपर्ने अवस्थामा रहेको भन्दै अमेरिकी राष्ट्रिय चासोका विषयमा नजरअन्दाज नगरिने स्पष्ट पारेका छन् ।
संसारमा धेरै धनी देशहरु रहेको भन्दै विदेशमन्त्री रुबियोेले भने उनीहरुले पनि म्यान्मालाई सहयोग गर्नुपर्ने बताए । अमेरिकाले आफनो भागको पुरै सहयोग गर्ने बताए ।
म्यान्मा रहेको सैनिक सरकारले अमेरिकाले मन नपराउने कुरालाई पनि मनन गर्न उनले आग्रह गरे । म्यान्मामा गएको भूकम्पमा परेर अहिलेसम्म ३ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ ।
भूकम्पमा अमेरिकाले २०० उद्धारकर्मी र स्नीफर कुकुरहरू सहित विशेषज्ञ उपकरणहरू तैनाथ गर्न सक्छ ।
प्रायः यो सबैभन्दा ठूलो र उत्कृष्ट उपकरणयुक्त विदेशी प्रतिक्रिया टोलीको रूपमा भूकम्पग्रस्त क्षेत्रमा खटिने गर्दछ ।
ब्रसेल्स बैठकपछि पत्रकारसँग कुराकानी गर्दै रुबियोले म्यान्मारको सैन्य शासनले उद्धारकर्मी र सहयोगीलाई समेत प्रवेशमा अवरोध गरेको आरोप लगाएका छन ।
तर म्यान्माले भूकम्प प्रभावितहरुको उद्धार र व्यबस्थापनमा सहयोग गर्न अन्य देशहरुलाई आग्रह गरेको थियो ।
म्यान्माको भूकम्पको समाचार सार्वजनिक भएपछि ह्वाइट हाउसले अमेरिकी डिजास्टर असिस्टेन्स रेस्पन्स टीम पठाउने प्रयास गरेको थियो ।