राष्ट्रपति ट्रम्पको विरोधमा अमेरिकामा प्रदर्शन


प्रकाशित मिति : चैत्र २३, २०८१ शनिबार

राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा अमेरिकामा प्रदर्शन भएका छन । विभिन्न शहरहरुमा जम्मा भएका प्रर्दशनकारीहरुले ट्रम्पको विरोध गरेका थिए ।

यो विरोध प्रर्दशनलाई राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछिको सबैभन्दा ठूलो मानिएको छ ।

विरोध प्रदर्शनमा सहभागिहरुले लोकतान्त्रिक अधिकारहरु गुमाइरहेको बताएका थिए । अमेरिकाको विश्वमा रहेको शान घटाउनका लागि ट्रम्प तल्लिन रहेको उनीहरुको आरोप रहेको छ ।

‘ह्यान्ड्स अफ’ नामक विरोधका योजनाकारहरूले अमेरिकाभरिका ५० राज्यहरू सहित १ हजार २०० स्थानहरूमा र्यालीहरू आयोजना गर्ने लक्ष्य राखिएको बताएका छन ।

बोस्टन, शिकागो, लस एन्जलस, न्यूयोर्क र वाशिङ्गटन डीसी लगायतका शहरहरूमा शनिबार प्रदर्शनकारीहरु भेला भएका थिए। प्रदर्शनकारीहरुले ट्रम्पको एजेन्डासँग सम्बन्धित विभिन्न सामाजिक र आर्थिक समस्याहरूलाई औंल्याएका थिए ।

ट्रम्पले विश्वका अधिकांश देशहरूमा आयात शुल्क लगाउने घोषणा गरेपछि केहि दिनमै यो विरोध प्रदर्शन भएको हो । यस्ता प्रदर्शनहरू अमेरिका बाहेक बेलायत , फ्रान्स र जर्मनीमा पनि आयोजना गरिएका छन् ।

बोस्टनमा केहि प्रदर्शनकारीहरुले अमेरिकी विश्वविद्यालयमा विद्यार्थीहरू विरुद्ध भएको आप्रवासन छापा र पक्राउहरूको विरोधमा प्रदर्शन गरेका थिए ।

वाशिङ्गटन डीसीमा विरोधकर्ताहरू डेमोक्र्याटिक सांसदहरूको भाषण सुन्नको लागि जम्मा भए । ट्रम्प प्रशासनमा रहेका धनी दाता एलन मस्कको भूमिकालाई लिएर उनीहरुले विरोध गरेका थिए ।

विरोध प्रदर्शनमा सहभागिहरुले मस्कको अनावश्यक सल्लाह ट्रम्पले लिइरहेको बताएका थिए । संघीय खर्च र कर्मचारी संख्या घटाउने प्रयासको नेतृत्व राष्ट्रपति ट्रम्पले एलोन मस्कलाई दिएका छन ।

यो विरोध प्रदर्शन ट्रम्प र उनका समर्थकहरूको लागि कष्टपूर्ण मानिएको छ । विस्कन्सिनका मतदाताहरूले एक डेमोक्र्याटिक न्यायधीशलाई राज्यको सर्वोच्च अदालतमा निर्वाचित गरेका छन ।

मस्कको समर्थनमा रहेका रिपब्लिकन उम्मेदवार लगभग १० प्रतिशतको फरकले पराजित भएका थिए । केहि सर्वेक्षणहरूले राष्ट्रपति ट्रम्पलाई रुचाउनहरुको दरमा केही गिरावट आएका देखाएका छन् ।

रोयटर्स आईप्सस सर्वेक्षणले यस हप्ताको सुरूमा उनको अनुमोदन दर ४३ प्रतिशतमा मा घटेको जनाएको छ ।

जनवरी महिनामा दोस्रो कार्यकालको शुरुआत पछि यो सबैभन्दा कम हो । ह्वाइट हाउसले ट्रम्पका नीति समर्थन गर्दै विज्ञप्ति जारी गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com