अमेरिकाको दक्षिणी क्षेत्रमा आँधी र बाढीको चेतावनी, सचेतना अपनाउन मौसमविदको सुझाव


प्रकाशित मिति : चैत्र २३, २०८१ शनिबार

अमेरिकाको दक्षिणी क्षेत्रमा ठूलो आँधी र बाढीको चेतावनी जारी गरिएको छ । राष्ट्रिय मौसम सेवा का पूर्वानुमानकर्ताले आक्रामक आँधी र बाढीको सुरुवात हुने चेतावनी जारी गरेका हुन ।

अर्कान्सास र लुइसियाना देखि पश्चिमी पेन्सिल्भानिया सम्मका विशाल क्षेत्रलाई यसले प्रभावित गर्ने बताइएको छ । यस प्रणालीको प्रभाव सप्ताहन्तसम्म पूर्वी तटतर्फ सर्ने अनुमान गरिएको छ ।

शनिबार अपराह्नसम्म अर्कान्सास, टेक्सास, मिसोरी र ओकलाहोमामा १ लाख ६२ हजार भन्दा बढी मानिसहरू बिजुलीविहीन भएका छन । मिसिसिपी, टेनेसी र केन्टकीले सुरुमा नै आपतकालीन स्थिति घोषणा गरेका थिए ।

पूर्वानुमानकर्ताले आँधीलाई विनाशकारी र भारी वर्षा र बाढीको घटनाको रुप भनेका छन् ।

वर्षा रोकिएपछि जलाशयहरूको पानीको स्तर अझै पनि खतरनाक बन्नद सक्ने चेतावनी दिइएको छ । उच्च हावाहुरीको कारणले टेक्सासको पूर्वी भागदेखि टेनेसीको पश्चिमी भागसम्म टोर्नाडोको जोखिम बढाएको छ ।

ती क्षेत्रहरुमा मार्च महिनामा टोर्नाडो, जंगलको आगो र धूलोको आँधीले ४० जनाको ज्यान लिएको थियो ।

केन्टकीका ९ वर्षका बालक बाढीको पानीमा बगेर बेपत्ता भएका थिए । यो घटनामा उनी सहित कम्तिमा नौ जनाको मृत्यु भएको छ ।

अमेरिका भरिका विभिन्न स्थानहरूमा भइरहेको आँधी र वर्षाले ठूलो क्षति पुराएको देखिन्छ ।

शनिबार अर्कान्सास, टेनेसी र केन्टकी जस्ता राज्यहरूमा उच्च हावाहुरी र भारी वर्षाले प्रकोप बढाएको छ ।

उद्धारका प्रयासलाई समेत यसले अवरोध सृजना गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com