अकस्मात किन जाँदैछन इजरायली प्रधानमन्त्री नेतन्याहू अमेरिका ?


प्रकाशित मिति : चैत्र २३, २०८१ शनिबार

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता हुने भएको छ ।

नेतन्याहू र ट्रम्पबीच सोमबार ह्वाइट हाउसमा भेटवार्ता हुने भएको इजरायलले बताएको छ ।

अमेरिकाले सबै व्यापारिक साझेदारहरूमाथि पारस्परिक करको घोषणा गरेपछि दुई नेताकाबीचमा भेटवार्ता हुन लागेको हो ।

पारस्परिक करको नीतिको एक भागको रूपमा इजरायली सामानहरूमा लगाएको १७ प्रतिशत अतिरिक्त करको बारेमा नेतन्याहू र ट्रम्पबीच हुन अपेक्षा गरिएको छ ।

नेतन्याहू हङ्गेरीको भ्रमणपछि आइतबार बुडापेस्टबाट सीधै अमेरिका जाने योजनामा रहेका छन ।

ह्वाइट हाउसको भ्रमण इजरायली अदालतले उनको भ्रष्टाचारको मुद्दाको आगामी सुनुवाइ स्थगित गर्न अनुमति दिएपछि हुन लागेको हो ।

ट्रम्पको घोषणाको अघिल्लो दिन इजरायलले अमेरिकाबाट आयात हुने सबै करहरू हटाएको थियो । तर यो कदमले ट्रम्पलाई इजरायलमाथि कर लगाउनबाट रोक्न भने सकेन।

करको मुद्दाका अतिरिक्त दुई नेताले इरानसँगको आणविक सङ्कट र गाजामा जारी द्वन्द्वबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ ।

अमेरिका इजरायललको सबैभन्दा ठूलो हतियार आपुर्तिकर्ता हो । अमेरिकी सहयोगमा इजरायलले गाजामा हमास विरुद्ध र लेबनानमा हिजबुल्लाहका विरुद्ध हमला केन्द्रीत गरिरहेको छ ।

अमेरिकाले पनि इजरायलसँग आफनो रक्षा गर्ने हक रहेको भन्दै बचाउ गरिहेको छ । बाइडेन प्रशासनसँग भन्दा ट्रम्प प्रशासनसँग नेतन्याहूको कुरा मिलिरहेको देखिएका छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com