न्यूयोर्कका सार्वजनिक विद्यालयहरुले डीइआई नहटाउने


प्रकाशित मिति : चैत्र २४, २०८१ आईतबार

boy writing on printer paper near girl

अमेरिकाको न्यूयोर्क राज्यका अधिकारीहरूले सार्वजनिक विद्यालयहरूमा विविधता, समानता र समावेशीकरण (डीइआई) लाई कायम राख्ने बताएका छन ।

उनीहरुले ट्रम्प प्रशासनलाई न्यूयोर्कका सार्वजनिक विद्यालयहरुमा विविधता , समानता र समावेशीकरणका अभ्यासहरुलाई जारी राख्ने बताएका हुन ।

विविधता , समानता र समाबेशीकरणका अभ्यासहरुलाई समाप्त नपारे संघीय अनुदान राक्ने चेतावनी ट्रम्प प्रशासनले दिएको छ । तर यो चेतावनीलाई न्यूयोर्क राज्यका अधिकारीहरुले उपेक्षा गर्ने देखिएको छ ।

राज्य शिक्षा मन्त्रालयका वकिल र उप आयुक्त ड्यानियल मर्टन बेन्टले संघीय शिक्षा विभागलाई यो निर्देशन दिने अधिकार नै नभएको बताएका छन ।

प्रशासनले डीइआई को सिद्धान्तहरूमा प्रतिबन्ध लगाउने कुनै संघीय वा राज्य कानूनी प्रावधानहरू नभएको बताएको छ ।

पछिल्लो हप्ता ट्रम्प प्रशासनले देशभरका के १२ विद्यालयहरूलाई १० दिन भित्र संघीय नागरिक अधिकार कानूनलाई पालना गर्ने छौ भनेर प्रमाणित गर्न आदेश दिएको थियो ।

सार्वजनिक विद्यालयहरुले भेदभावपूर्ण व्यवहार र अभ्यास डीइआर्ई बाट अन्त्य गरेका बताएका छन् । संघीय कोष के १२ विद्यालयहरूको कुल बजेटको लगभग ६ प्रतिशत मात्र हो।

नागरिक अधिकारका लागि कार्यवाहक सहायक सचिव क्रेग ट्रेइनरले संघीय आर्थिक सहायता विशेषाधिकार हो, अधिकार मात्रै होइन भनेका छन ।

उनले धेरै विद्यालयहरूले आफ्नो कानूनी दायित्वको उल्लंघन गरेका बताएका छन ।

डीइआर्ई कार्यक्रमहरूको प्रयोगले एक समूहको विरुद्ध विद्यालयमा भेदभाव गरिएको छ भने अर्को समूहलाई प्राथमिकता दिइरहेको उनले दावी गरेका छन ।

२०२० मा अमेरिकी शिक्षा मन्त्री बेत्सी डेवोसले विविधता र समावेशीकरण उच्च संगठनात्मक प्रदर्शनका मुख्य आधारहरू भएका बताएका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com