अमेरिकाको टेक्सासमा दादुराको संक्रमण बढ्यो, बालिकाको मृत्यु


प्रकाशित मिति : चैत्र २४, २०८१ आईतबार

person in white long sleeve shirt holding silver and black tube type mod

अमेरिकाको पश्चिमी टेक्सासमा उच्च संक्रामक दादुरा ( मिजल्स ) भाइरसको का कारण थप एकजनाको मृत्यु भएको छ । सो क्षेत्रमा दादुराको प्रकोप बढिरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन । मृतक ८ बर्षीया बालिका रहेकी छन ।

अरु कुनै पनि स्वास्थ्य समस्या नभएका ति स्कुले बच्चाको दादुराको उपचार भइरहेको थियो । मृतक बच्चाले दादुराको खोप नलगाएको हेल्थ सिस्टमका उपाध्यक्ष एरोन डेविसले जानकारी दिए ।

अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरको प्रकोपको व्यवस्थापन गर्न नसकिरहेको भन्दै आलोचना भइरहेको छ । टेक्सासमा बच्चाको मृत्यु भएपछि स्वास्थ्यमन्त्री केनेडीले सो क्षेत्रको भ्रमण गरेका थिए । यो मृत्यु हालसालैमा भएको तेस्रो मृत्यु हो ।

यस वर्षको शुक्रबारसम्म टेक्सास राज्यमा ४८० भन्दा बढीमा दादुराको संक्रमण देखिएको छ । यो संख्या साताको सुरुमा ४२० मात्र रहेको थियो । दादुराको प्रकोप छिमेकी राज्यहरूमा पनि विस्तार भएको पाइएको छ।

दादुरा अर्थात मिजल्स अत्यन्तै संक्रामक रोग हो । खोप नलगाएका व्यक्तिहरुमा यसले गम्भीर जटिलताहरू निम्त्याउन सक्ने चिकित्सकहरुले बताएका छन ।
स्वास्थ्यमन्त्री केनेडीले मृत्युको पुष्टि गर्दै सामाजिक सञ्जालमा विज्ञप्ति जारी गरेका छन ।

यो प्रकोपको व्यवस्थापनमा टेक्सासका स्वास्थ्य अधिकारीहरूलाई सहयोग गर्न र दादुराको प्रकोप नियन्त्रण गर्नका लागि आवश्यक सहयोग पुर्याउन पनि प्रतिबद्ध भएको उनले निकालेको विज्ञप्तिमा भनिएको छ ।

उनले मिजल्सको फैलावटलाई रोक्नको लागि सबैभन्दा प्रभावकारी माध्यम खोप नै भएको भन्दै मिजल्स, एमपक्स र रूबेला विरुद्धको खोपलाई विस्तार गर्नुपर्ने वताए । फेब्रुअरी महिनामा स्थानीय मेन्नोनाइट समुदायमा एकजना ६ वर्षीया बालिकाको दादुराको कारण मृत्यु भएको थियो ।

यो मृत्यु दशकमा अमेरिका भित्रको पहिलो मिजल्स मृत्यु थियो । मार्च महिनामा एक खोपनलगाएका पुरुषको न्यू मेक्सिकोमा मिजल्सका कारण मृत्यु भएको थियो । यद्यपि उनको मृत्युको कारण अझै अनुसन्धान गरिँदैछ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले एअर फोर्स १ मा पत्रकारसँग कुरा गर्दै प्रकोप प्रायः नियन्त्रणमा रहेको बताएका छन । यस वर्ष अमेरिकामा अहिलेसम्म ६०० भन्दा बढी मिजल्सका संक्रमित भेटिएका । जुन गत वर्षको २८५ संक्रमणको तुलनामा लगभग तीन गुणा बढी हो।

दादुराले ज्वरो आउने , रातो चिउँडो हुने , खोकी लाग्ने र अन्य लक्षणहरू उत्पन्न गराउने गर्दछ । यसले निमोनिया, मस्तिष्क सूजन र मृत्यु जस्ता गम्भीर जटिलतामा पनि पुराउने जोखिम रहेको छ ।

अमेरिकाले २००० मा मिजल्सलाई देशबाट समाप्त भएको घोषणा गरेको थियो । तर त्यसपछि अमेरिकमा भएको खोप विरोधी भावना बढेसंगै संक्रमणका घटनाहरु पनि बढेका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com