अमेरिकामा थप ५ जना विद्यार्थीको भिसा रद्द


प्रकाशित मिति : चैत्र २४, २०८१ आईतबार

अमेरिकामा ट्रम्प प्रशासन थप ५ जना विद्यार्थीहरुको भिसा रद्द गरिदिएको छ ।

प्यालेस्टिनी समर्थनमा भएका विरोध प्रदर्शनमा सहभागिता जनाएको बताउदै तीन जना हार्वर्ड विद्यार्थी र दुई जना हालका स्नातकहरूको भिसा रद्ध गरिएको हो ।

हार्वर्ड इन्टरनेशनल अफिस द्वारा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पठाइएको इमेलमा प्यालेन्टाइनको समर्थनमा भएका आन्दोलनमा सहभागिता जनाएकाले भिसा रद्द गरिएको उल्लेख गरिएको छ ।

हार्वर्डले यी रद्ध भएका भिसाहरूलाई नियमित रुपमा गरिने रेकर्ड समीक्षाको क्रममा पत्ता लगाएको बताएको छ । गोपनीयताका कारण इमेलमा यी विद्यार्थीहरूको नाम वा पहिचान खुलासा गरिएको छैन ।

ट्रम्प प्रशासनले प्यालेन्टाइन समर्थित गतिविधिहरूमा संलग्न अन्तर्राष्ट्रिय विद्यार्थी र प्राध्यापकहरूलाई देशनिकाला गरिरहेको छ । अमेरिकी विदेशमन्त्री मार्को रूबियोले केही हप्ता अघि ३०० भन्दा बढी भिसाहरू रद्ध गरिएको बताएका थिए।

विश्वविद्यालयका प्रवक्ताले विद्यार्थी भिसा रद्द हुनुको बारेमा टिप्पणी गर्न अस्वीकार गरेका छन ।

कलेज प्रशासनहरूले डेटाबेस जाँच गर्दा रद्ध गरिएका विद्यार्थी भिसाहरू पत्ता लगाएका हुन । तर संघीय एजेन्सीहरूबाट यस सम्वन्धमा कुनै पनि सूचना नदिइएको बताइएको छ ।

केही अन्तर्राष्ट्रिय विद्यार्थीहरूको कानूनी आवास स्थिति भिसासमेत हटाइएको छ । यसलाई एक अनौठो कदम हो भनिएको छ । यो बन्देजले उनीहरूलाई तुरुन्तै अमेरिका छोड्न बाध्य पार्न सक्छ ।

धेरै विद्यार्थीहरूले प्यालेन्टाइनको समर्थनका कारण भिसा गुमाएको अबस्था छ भने केहि विद्यार्थीहरुले अन्य विभिन्न अपराधिक गतिविधिका कारण पनि भिसा गुमाएको अवस्था रहेको छ ।

हार्वर्डले अध्ययन र क्षमता वृद्धि गर्न आएका अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूको गहिरो मूल्यांकन गर्ने गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com